अछाममा वडा अध्यक्षको शव भेटियो, हत्याको आशंका

कैलाली। अछामको पञ्‍चदेवल विनायक नगरपालिका-२ का वडा अध्यक्ष पदमबहादुर धामी मृत भेटिएका छन्।

नेपाली कांग्रेसबाट निवार्चित वडा अध्यक्ष धामीको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी दीपक भारतीले देखापढीलाई बताए।

"प्रारम्भिक अनुसन्धानमा उहाँको हत्या भएको आशंका छ", भारतीले भने "अनुसन्धान भइरहेको छ, अहिले अरु भन्‍न सक्ने अवस्था छैन।"

धामीको शव छिमेकीको गोठमा फेला परेको नगरपालिकाका मेयर देवराज देवकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्