हेटौंडामा १० वटा अवैध बालुवा प्रशोधन केन्द्र भत्काइयो
हेटौंडा। हेटौँडा उपमहानगरपालिका क्षेत्रका १० वटा बालुवा प्रशोधन केन्द्र भत्काइएको छ।

जिल्ला अनुगमन समितिले कुखरेनी खोलामा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा  अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो।

कुष्माण्डा सरोवर त्रिवेणीधामदेखि दक्षिणमा मानव सेवा आश्रमसम्मको कुखरेनीखोलाको बगर अनुगमन गरिएको थियो।

ती क्षेत्रमा १० बालुवा प्लान्ट अवैधरूपमा सञ्चालन भएको भेटिएको छ। त्यस्तै सो क्षेत्रमा चार वटा क्रसर उद्योगसमेत सञ्चालन भइरहेको अनुगमन समितिका संयोजक खुलालले बताए।

बालुवा प्रशोधन केन्द्रमा प्रयोग गरिएका उपकरणसमेत जफत गरिएको छ।

चुरे क्षेत्रमा अवैधरूपमा बालुवा प्रशोधन केन्द्र सञ्चालन भएको भन्ने सूचनाका आधारमा हेटौंडामा निगरानी बढाइएको छ।

जिल्ला समन्वय समितिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकार कार्यालयका अधिकारीको सहभागितामा अनुगमन भएको थियो।

प्रतिक्रिया दिनुहोस्