काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा गठिन कार्यदलले काम शुरू गरेको छ।
पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको आज बसेको बैठकमा एमसीसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ।
१९ माघमा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा नेकपा नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छन्। एमसीसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५१ अर्ब रूपैयाँ दिने सम्झौतामा उल्लेख छ।
सम्झौतामा एमसीसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ। समितिले १० दिनभित्रमा पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ। रासस