काठमाडौं। त्रिभुवन विश्वविद्यालयको नाम सुन्नासाथ तपाईंको मनमा कस्तो चित्र बन्छ ?
नेपालमा हाल कार्यरत अधिकांश जनशक्ति उत्पादन गर्ने देशकै जेठो यो विश्वविद्यालयको छवि भने खासै राम्रो छैन। दलीय भागबण्डाले गाँजिएको यो विश्वविद्यालय विद्यार्थी, कर्मचारी र शिक्षककै राजनीतिले पनि पिल्सिएको छ। त्यति मात्र होइन, भौतिक पूर्वाधारमै पनि विश्वविद्यालयको खासै सुन्दर तस्वीर छैन।
किन त ? कीर्तिपुरस्थित विश्वविद्यालयको त्रिवि केन्द्रीय क्याम्पसमा भवन नभएका होइनन्। तर, ती भवनहरू फोहोर छन्। शौचालय नभएका होइनन्, तर पानी छैन। दुर्गन्धित छन्। विश्वविद्यालय परिसरमा जताततै फोहोर फालिएको छ। पुराना, थोत्रा–मोत्रा बेञ्च, डेस्क हेर्दा कक्षाकोठा कुनै विश्वविद्यालयकै हो भनेर पत्याउन मुश्किल पर्छ।
तर, यो तस्वीर अहिले फेरिँदैछ। त्रिभुवन विश्वविद्यालयको घडि घर क्षेत्रमा जानासाथ यो परिवर्तन महशुस हुन्छ। पहिले फोहोर जताततै फालिन्थे। राखिएका डस्टबिन ठाउँमा रहँदैनथे। अहिले डस्टबिन नै फेरिएको छ। जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालिएको छ।

विश्वविद्यालय परिसरमा रहेको झाडी फडान गरेर सुन्दर बगैंचा र पार्किङस्थल बनाइँदैछ। चार पांग्रे, मोटरसाइकल र साइकलका लागि छुट्टाछुट्टै पार्किङ बनाइँदैछ।
विश्वविद्यालयको अनुहारमा लागेको मैलो दाग पुछ्नेगरी भइरहेको यो प्रयत्नका अगुवा हुन्– मानवशास्त्र विभागका प्रमुख डा. डम्बर चेम्जोङ। घडी घर क्षेत्रमा रहेका १४ वटा विभागसँग समन्वय गरेर उनले यो सुधार थालेका छन्।
“यहाँबाट फर्किनै मन नलाग्ने गरी बगैंचा बन्छ। केही समयपछि त यहाँ सेल्फी पोइन्ट बन्छ। विदेशी पार्क जस्तै बनाउँछु”, चेम्जोङको विश्वविद्यालय सुधार सपना सुन्दर छ।
विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्षमा उनले प्रशस्त सुधार गरिसकेका छन्। घडी घरमा बन्द अवस्थामा रहेको शौचालय सुचारु गर्ने प्रयत्नमा छन्। वर्षौंदेखि प्रयोगविहिन हललाई आवश्यक मर्मत गरेर सञ्चालनमा ल्याउने तयारीमा छन्। कक्षाकोठा सफा, चिटिक्क हेर्दै रहरलाग्दा बनाएका छन्।
“कक्षा कोठाका तस्वीर देख्दा विद्यार्थीलाई अझै पढुँ जस्तो लाग्न सक्छ, यस्तो बनेको छ। यी कोठामा एसी जोड्ने योजना छ। विद्यार्थीहरूलाई आफ्नै घर जस्तो लाग्ने वातावरण बनाउन प्रयत्नरत छु”, उनी योजना सुनाउँछन्।

डा. चेम्जोङले गरेको सबैभन्दा महत्वपूर्ण सुधार हो– पुस्तकालय व्यवस्थापन। उनले आफ्नो विभागको बेग्लै पुस्तकालय बनाइसकेका छन्। पुस्तकालयलाई जतिसक्दो पठनमैत्री बनाएका छन्।
“विदेशका पुस्तकालय हेर्ने हो भने विद्यार्थीहरू त्यहीँ गएर पढ्ने, निदाउने समेत गर्छन्। त्यसरी व्यवस्था गरिएको हुन्छ। हामीले त्यतिसम्म गर्न नसके पनि कमसेकम विद्यार्थीले पढ्दा पढ्दै भोक लागेमा चिया नास्तासम्म उपलब्ध गराउछौँं”, उनले भने।
पुस्तकालय व्यवस्थापनको पनि सबभन्दा महत्वपूर्ण पाटो हो– थेसिस व्यवस्थापन। अहिलेसम्म विद्यार्थीहरूले अध्ययनका क्रममा गरेका शोधका थेसिसहरू अस्तव्यस्त थिए। खोजेको थेसिस भेटिदैनथ्यो। कुन–कुन थेसिस छन् भन्नेसम्म पनि मेसो थिएन। उनले ती थेसिससम्म सबैको पहुँच पुग्नेगरी व्यवस्थापन गरिसकेका छन्।
“यी थेसिस हाम्रा ठूला सम्पत्ति हुन्। यिनका लागि हाम्रा विद्यार्थीको समय, मिहिनेत, पैसा खर्च भएको छ। यो इतिहास पनि हो। यसको व्यवस्थापन गर्नुपदैन ? त्यसको लागि मैले थेसिस राख्ने छुट्टै ठाउँ बनाएको छु”, उनले भने।

यो सुधारका लागि डा. चेम्जोङले कतैबाट बजेट ल्याएका भने होइनन्। लाग्ने खर्च जुटाउने जुक्ति चाहिँ खोजेका हुन्।
“सामान्य खर्च त विभाग आफैंले पनि जुटाउन सक्छ नि ! किन केन्द्रकै मुख ताक्नुपर्यो ?”, उनी प्रश्न गर्छन्।
त्यसो भए कहाँबाट जुटाए त लाग्नेजति खर्च ? उत्तर हो– उही जुक्ति लगाएर।
मानवशास्त्र विभागका विद्यार्थीलाई थेसिस लेख्नका लागि विभिन्न निकायबाट बजेटको व्यवस्था गरिएको हुन्छ। त्यसबाट बचेको केही पैसा लगाउने जुक्ति निकालेपछि मात्र यो सुधार सम्भव भएको हो।
“यसअघिका प्रमुखहरू खर्च गर्न डराएर बसेका रहेछन्। सानो–सानो रकममा पनि हुने काम नगरेर बसेका थिए। तर, म त्यसरी बसिनँ। बरु दुई–चार दिन जेलमै बसुँला तर, काम गरेरै छाड्छु भनेर लागेको छु”, उनले आफ्नो अठोट सुनाए।

यो सुधारको शुरूआत सहज भने थिएन। त्रिभुवन विश्वविद्यालय न पर्यो। हरथोकमा विरोध गर्न कोही न कोही झुल्किहाल्छ।
उनलाई मानवशास्त्र विभागमा नियुक्त गर्दा नै विरोध गर्नेहरू तयार भइसकेका थिए। एकजना विद्यार्थी नेता त कालोमोसो दल्न भनेरै आएका थिए। तर, उनी पनि जण्ड बनेर प्रस्तुत भए।
“मलाई कालोमोसो दल्नुपर्छ भनेर आएका थिए। म पनि के कम, लु आऊ न त, तिमीले सके तिमी दल्नू, मैले सके म दल्छु भनेर फिल्डमै उत्रिएको थिएँ। विचरा पछि केही नबोलिकन कता हरायो पत्तै पाइन”, डा. चेम्जोङले हाँस्दै सुनाए।
डा. चेम्जोङ आफ्नो मात्रै विभाग सुधार गर्न लागेका भने छैनन्। कम्तिमा १४ वटा विभागलाई सँगै परिमार्जन गर्ने उनको प्रयत्न छ। यसका लागि अन्य विभागका प्रमुखसँग साझेदारीका पहल चलिरहेकै छन्।