डेढ लाख रूपैयाँ घुससहित जनकपुर भन्सारका सुब्बा पक्राउ
<p>धनुषा। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले जनकपुर भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित पक्राउ गरेको छ।</p>
<p>आयोगको टोलीले नायब सुब्बा अहमद रजा अन्सारीलाई सेवाग्राहीसँग लिएको डेढ लाख रूपैयाँ घुस रकमसहित आज साँझ पक्राउ गरेको हो। पक्राउ परेका नासु अन्सारीलाई आयोगको बर्दिबास कार्यालय लगिएको छ। </p>
<p>अन्सारीले भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको भन्ने सूचनापछि आयोगको टोली परिचालन भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
