काभ्रे। पाँचखाल नगरपालिका-६ स्थित जैसिडिही र गणेशस्थान गाउँका १० जना भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। आज जैसिडिहीमा र १९ माघ बेलुका गणेशस्थानका दुईजनालाई आक्रमण गरी घाइते बनायाे।
आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन गएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए।
उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पुर्‍याउने र केहीको कान लुछेको हो। श्रेष्ठलाई आजै उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ।
यसैबीच मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवालाई मारेका छन्। क्रमैसँग जैसिडिहीका वासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए।
चितुवा मृत अवस्थामा भेटिएकाे काभ्रे प्रहरी प्रमुख एसपी रवि पाैडेलले जानकारी दिए। उनका अनुसार मुचुल्का उठाएर वन कार्यालयले चितुवालाई लगेर गएकाे छ।
यसअघि भुम्लु गाउँपालिकास्थित जंगल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन्। भुम्लु गाउँपालिका-७, टारका हरिहर उप्रेतीले चितुवाले चार दिनअघि रातकाे समयमा आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए।
उनका अनुसार चितुवाले स्थानीय लक्ष्मी रिजालको दुईवटा बाख्रा मारेको थियो।
टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताए। उनले भने, “चितुवाले आतंक फैलाएपछि मानिसलाई समेत आक्रमण गर्न सक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन।” रासस
" /> काभ्रे। पाँचखाल नगरपालिका-६ स्थित जैसिडिही र गणेशस्थान गाउँका १० जना भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। आज जैसिडिहीमा र १९ माघ बेलुका गणेशस्थानका दुईजनालाई आक्रमण गरी घाइते बनायाे।
आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन गएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए।
उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पुर्‍याउने र केहीको कान लुछेको हो। श्रेष्ठलाई आजै उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ।
यसैबीच मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवालाई मारेका छन्। क्रमैसँग जैसिडिहीका वासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए।
चितुवा मृत अवस्थामा भेटिएकाे काभ्रे प्रहरी प्रमुख एसपी रवि पाैडेलले जानकारी दिए। उनका अनुसार मुचुल्का उठाएर वन कार्यालयले चितुवालाई लगेर गएकाे छ।
यसअघि भुम्लु गाउँपालिकास्थित जंगल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन्। भुम्लु गाउँपालिका-७, टारका हरिहर उप्रेतीले चितुवाले चार दिनअघि रातकाे समयमा आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए।
उनका अनुसार चितुवाले स्थानीय लक्ष्मी रिजालको दुईवटा बाख्रा मारेको थियो।
टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताए। उनले भने, “चितुवाले आतंक फैलाएपछि मानिसलाई समेत आक्रमण गर्न सक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन।” रासस
"> काभ्रेमा चितुवाको आक्रमणबाट १० बढी घाइते, चितुवालाई गाउँलेले मारे: Dekhapadhi
काभ्रेमा चितुवाको आक्रमणबाट १० बढी घाइते, चितुवालाई गाउँलेले मारे
काभ्रे। पाँचखाल नगरपालिका-६ स्थित जैसिडिही र गणेशस्थान गाउँका १० जना भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। आज जैसिडिहीमा र १९ माघ बेलुका गणेशस्थानका दुईजनालाई आक्रमण गरी घाइते बनायाे।
आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन गएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए।
यसैबीच मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवालाई मारेका छन्। क्रमैसँग जैसिडिहीका वासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए।
चितुवा मृत अवस्थामा भेटिएकाे काभ्रे प्रहरी प्रमुख एसपी रवि पाैडेलले जानकारी दिए। उनका अनुसार मुचुल्का उठाएर वन कार्यालयले चितुवालाई लगेर गएकाे छ।
यसअघि भुम्लु गाउँपालिकास्थित जंगल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन्। भुम्लु गाउँपालिका-७, टारका हरिहर उप्रेतीले चितुवाले चार दिनअघि रातकाे समयमा आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए।
उनका अनुसार चितुवाले स्थानीय लक्ष्मी रिजालको दुईवटा बाख्रा मारेको थियो।
टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताए। उनले भने, “चितुवाले आतंक फैलाएपछि मानिसलाई समेत आक्रमण गर्न सक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन।” रासस
प्रतिक्रिया दिनुहोस्