काठमाडौं। अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई आज बिदाइ गरिएको छ। गृह मन्त्रालयमा उनलाई बिदाइ गरिएको हो।
बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताए। हरेक सरकारी कर्मचारीले गलत प्रवृत्तिविरुद्ध लड्न र कानून कार्यान्वयनमा डराउन नहुनेमा जोड दिँदै मन्त्री थापाले राईमा त्यस्तै खालको प्रवृत्ति रहेको बताए।
अवकाशप्राप्त सचिव राईले राष्ट्रसेवक भएर आफ्नो कार्यकालमा इमान्दारीपूर्वक जनताको काम गरेको जिकिर गरे। उनले गृहमन्त्री थापासँग काम गर्दा सहज भएको उल्लेख गर्दै सोही कारण मन्त्रालयले सफलता प्राप्त गरेकोसमेत बताए।
२२ माघमा अनिवार्य अवकाश पाउने भए पनि उनले दिएको राजीनामा आजदेखि लागू हुनेगरी यसअघि नै स्वीकृत भएको थियो। विसं २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २६ चैत २०७४ देखि गृहसचिव भएर काम गरेका थिए। रासस