‘मेमोरी कार्ड’मा भएकाे विवादले महिलाको हत्या, एकै परिवारका चारजना पक्राउ
धनुषा। धनुषाको औरही गाउँपालिका–२ मा एक महिलाको हत्या भएको छ।

धनुषा प्रहरीले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपी एकै परिवारका चारजनालाई सार्वजनिक गरेको हो।

औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासमानको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले उनकी सासू कमला (४५), ससुरा राधाकृष्ण (५५), नन्द पुनिता (२०) र श्रीमान अनिलकुमार (३०)लाई पक्राउ गरेको छ।

चिन्तामणि र नन्द पुनिताबीच मोबाइलको मेमोरीकार्डका विषयमा विवाद हुँदा हत्या भएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

बस्नेतका अनुसार मोबाइलको ‘मेमोरी कार्ड’का विषयमा १८ माघमा वादविवादका क्रममा चिन्तामणिको घाँटी थिचेर हत्या भएको देखिएको छ।

हत्या लुकाउन परिवारले चिन्तामणि झुण्डिएको भनेर हल्ला फैलाएको प्रहरीको भनाइ छ। उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएर चारैजना फरार भएका थिए।

सासू र नन्दलाई १९ माघमा जनकपुरधाम उपमहानगरपालिकिा–४, पेठिया बजारबाट प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै श्रीमान र ससूरालाई आज बिहान जनकनन्दनी गाउँपालिका–२, बलाहा टोलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ।

उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्