प्रदेश २ मा 'सुरक्षित बेटी' अभियान
धनुषा। प्रदेश २ सरकारले ‘सुरक्षित बेटी’ अभियानको शुरूआत गरेको छ। ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालनसँगै अब छोरीहरूलाई निर्भीक बनाउन ‘सुरक्षित बेटी’ अभियान थालिएको हो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सो अभियानको आज शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री राउतले छोरीलाई मजबुत बनाउन घरबाटै पहल हुनुपर्ने बताए। “सामाजिक वनोट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको छ”, उनले भने, “अब घरबाटै मजबुत बनाउन पहल गर्नुपर्छ।’

छोरी जन्मिनासाथ परिवार र समाजको हेराइको कारणले असुरक्षित र कमजोर भएको भन्दै मुख्यमन्त्री राउतले पुरानो सोचाइमा परिवर्तन ल्याउनुपर्ने बताए।

अभियानअन्तर्गत प्रदेशका आठवटै जिल्लामा बेटी अभियान, महिला हिंसा विरुद्धको ऐन कानूनबारे जानकारी, आवश्यक कानूनको निर्माण, अपराधीलाई कडा सजाय र जनचेतनामूलक कार्यक्रम गरिनेछ।

प्रतिक्रिया दिनुहोस्