च्यासलसँग मनाङ स्तब्ध, उपाधि रक्षामा धक्का

काठमाडौं। साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबलाई २-० को नतिजा सुम्पिएपछि उपाधि रक्षा गर्ने क्लबको लक्ष्यमा धक्का लागेको छ।

तीन खेल बाँकी रहँदा मनाङ १९ अंकका साथ तेस्रो स्थानमा छ। जुन शीर्ष क्लब त्रिभुवन आर्मी भन्दाको भन्दा चार अंकले पछि हो भने दोस्रो स्थानको मछिन्द्र भन्दा तीन अंकले कम हो।

मनाङले अब जावलाखेल युथ, नेपाल पुलिस र न्युरोड टीम (एनआरटी)विरुद्ध खेल्न बाँकी छ। शीर्ष क्लब त्रिभुवन आर्मीले अब दोस्रो स्थानको मछिन्द्र, एपीएफ र बिग्रेड ब्वाइजसँग खेल्न बाँकी छ।

मछिन्द्रले भने संकटा, त्रिभुवन आर्मी र सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्न बाँकी छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा ताइगा नाकामुराले गरेको गोलमा च्यासलले २४औं मिनेटमा अग्रता लिएको थियो। जापानी खेलाडी नाकामुराले फ्रीकिकमा गोल गरेका हुन्। मनाङका दयानन्द सिंहले हायातो विकियोलाई फाउल गरेपछि च्यासलले पेनाल्टी अवसर पाएको थियो।

सन्तोष साहुखलले इन्जुरी समयमा अर्को गाेल थप्दै च्यासलको जित पक्का गरेका थिए। सन्तोषले नाकामुराकै पासमा गोल गरेका हुन्।

यससँगै लिगमा सन्तोषको गोल संख्या सात पुगेको छ। जारी लिगमा अहिलेसम्म उनी सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। जितसँगै च्यासल लिगको नवौं स्थानमा उक्लिएको छ।

लिगमा च्यासलको यो तेस्रो जित हो। च्यासलले तीन खेल बराबरी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्