पत्रकारले पारिश्रमिक नपाएकाेमा महासंघकाे ध्यानाकर्षण
काठमाडौं। नेपाल रिपब्लिक मिडिया प्रालि र टीबीआई पब्लिकेसन्स प्रालिअन्तर्गतका सञ्चारमाध्यममा कार्यरत पत्रकारले पारिश्रमिक नपाएकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यी दुवै सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले लामाे समयदेखि पारिश्रमिक नपाएकाे सार्वजनिक भएपछि महासंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएकाे जनाएकाे हाे।

महासंघले श्रमजीवी पत्रकारले लामो समयमदेखि पारिश्रमिक एवं सुविधा नपाउनु दुःखद् विषय भएको टिप्पणी गरेको छ।

साथै महासंघले श्रमजीवी पत्रकारले आफ्ना हक, अधिकारका लागि सञ्चालन गरेको दबाबमूलक आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यवद्धता जनाएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘श्रमजीवी पत्रकारको श्रमको मूल्यमा कुनै प्रकारको खेलबाड स्वीकार्य हुनसक्दैन।’

नेपाल रिपब्लिक मिडियाअन्तर्गतका नागरिक र रिपब्लिका दैनिकमा कार्यरत पत्रकारले तीन महीनादेखि र स्ट्रिन्जरहरूले १० महीनादेखि  पारिश्रमिक नपाएकाे जनाएका छन्।

यस्तै टीबीआई पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित कारोबार दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी पत्रकार ऐनअनुरुप पाउनुपर्ने सेवा सुविधा लामो समयदेखि प्राप्त गरेका छैनन्। सो विषयमा पनि महासंघले ध्यानाकर्षण जनाएको छ।

नेपाल रिपब्लिक मिडिया प्रालि र टीबीआई पब्लिकेसन्स प्रालिले एक साताभित्रै श्रमजीवी पत्रकारका माग र गुनासा सुनुवाइ गरी सम्बोधन गर्न महासंघले आग्रह गरेको छ। सो आग्रहलाई बेवास्ता गरी समस्या समाधानमा उदासिनता देखाएमा कडा कदम चाल्ने महासंघले चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्