माेटरसाइकल लाइसेन्सकाे ट्रायल दिने नक्कली प्रशिक्षार्थी पक्राउ
<p>काठमाडाैं। सवारी चालक अनुमति पत्रका लागि मोटरसाइकलको ट्रायल परीक्षामा सहभागी एक नक्कली प्रशिक्षार्थीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।</p>
<p>महानगरीय ट्राफिक प्रहरी महाशाखावाट खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकास्थित नेपाल ड्राईभिङ ट्रायल सेन्टर, सुकेधारामा सञ्चालन भएको मोटरसाइकलको ट्रायल परीक्षामा सहभागी एकजनालाई पक्राउ गरेको हो।</p>
<p>पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका-११ घर भई हाल कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय ललित जोशी छन्। उनी जुम्ला तातापानी-५ घर भएका श्रीप्रसाद दाहालको ट्रायल परीक्षा दिन आएका थिए।</p>
<p>पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
