काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तीन चरणका खेल मात्र बाँकी रहँदा खेल मिलेमतो (म्याच फिक्सिङ)को गम्भीर विषय सतहमा आएको छ।
लिगमा नवौं चरणको खेलसम्म आइपुग्दा पहिलो जितको खोजीमा रहेको सरस्वती युथ क्लबले १४ माघमा भएको नवौं चरणको खेलमा हिमालयन शेर्पा क्बलमाथि ४–३ को सनसनीपूर्ण नतिजा निकालेपछि खेल मिलेमतोको चर्चा हुनथालेको हो।
सरस्वती र हिमालयन शेर्पा क्लबबीचको नतिजाले विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई धक्का लागेको छ। एपीएफ अहिले रेलिगेशन क्षेत्रमा पर्ने जोखिममा छ र त्यसबाट बच्न संघर्ष गरिरहेको छ। दशौं चरणको खेलमा एपीएफ मच्छिन्द्र क्लबसँग २–१ गोलले पराजित भएको छ।
उपाधि होडमा रहेको मच्छिन्द्रसँग पराजित भएलत्तगै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)माथि गम्भीर आरोप लगाएका छन्। उनको आरोप छ- ‘खेल मिलेमतो जस्तो विषयमा एन्फा गम्भीर छैन।’
“त्यो खेलबारे अनुसन्धान गर्नुपर्छ भनेर हामीले उतिबेलै भनेका थियौं”, एपीएफका प्रशिक्षक तामाङले देखापढीसँग भने, “तर गर्ने पो कसरी! एउटा एन्फा अध्यक्षको टीम हो, अर्को उपाध्यक्षको। यहीकारण एन्फाले एक्सन लिँदैन। नेपाली फुटबलमा यसै पनि तपाईं उजुरी हाल्नुस् हामी हेर्दै गरौंला भन्ने शैली छ। यो क्षेत्रमा मैले २६ वर्ष बिताएँ। यहाँ के के हुन्छ, सबै मलाई थाहा छ।”

हिमालयन शेर्पा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हो। त्यसैगरी, सरस्वती युथ क्लब उपाध्यक्ष शिक्षित पराजुलीको क्लब हो।
एपीएफका प्रशिक्षक तामाङले क्लबहरूले फुटबल नै नखेलेको आरोपसमेत लगाएका छन्। कतिसम्म भने ‘टीम अफिसियल’हरूले नै खुलेआम म्याच फिक्सिङबारे कुरा गर्ने गरेको उनको दाबी छ।
“यहाँ फुटबल खेलिँदैछ, मैदानमा पस्ने काममात्र हुन्छ”, तामाङले थपे, “अब सरस्वतीकै एक जना मेनेजरले आज हामी बराबरी खेल्छौं भनेर मलाई नै भनेको छ। किन बराबरी खेल्ने भनेर सोध्दा त्यति खेल्ने भनेको छ भन्छ। यसरी खुलस्त भन्नुको अर्थ के हो?”
एपीएफका प्रशिक्षकले यस्तो आरोप लगाइरहँदा एन्फा भने मौन छ। एन्फाको मौनताले तामाङको आरोपलाई अझ बलियो बनाएको छ। एन्फा प्रवक्ता किरण राईले तामाङले बोलेका विषयबारे आफूलाई थाहा नभएको देखापढीलाई बताए।
“म अहिले उपत्यकाबाहिर छु, त्यसैले एपीएफका प्रशिक्षकले के बोल्नुभयो भन्नेबारे बुझ्न पाएको छैन”, राईले भने, “हामी बुझेर छानविन गर्छौं।”

‘ए’ डिभिजन लिगमा मिलेमतोको बिषयले चर्चा पाएको अहिले मात्र होइन। गत सिजन पनि विजेता क्लब मनाङ मर्स्याङ्दीका प्रशिक्षक सुमन श्रेष्ठले सार्वजनिक रूपमै ‘सेटिङ’को विषय उठाएका थिए। मनाङ उपाधि नजिक थियो। उसलाई संकटा, थ्री स्टारले पछ्याइरहेका थिए। लिगमा दुई–तीन खेल बाँकी रहँदा उनले भनेका थिए– ‘अब कुनै सेटिङ भएन भने हामी उपाधि जित्छौं।’
त्यतिबेला पनि एन्फाले मनाङका प्रशिक्षक श्रेष्ठको भनाइलाई वास्तै गरेन। जबकि उनको यस्तो अभिव्यक्ति स्वयंमा कारबाहीको भागीदार हुन्थ्यो।
मनाङले उपाधि जित्यो। श्रेष्ठलाई एन्फाले उत्कृष्ट प्रशिक्षकको पगरी थमायो।
एपीएफका प्रशिक्षक तामाङले नेपाली फुटबलमा खेल मिलेमतो गर्नेको ठूलै सञ्जाल रहेको संकेत समेत गरेका छन्। उनको भनाइ छ, “यहाँ खतरनाक एजेन्टहरू छन्। एन्फाले तिनलाई समात्न सक्यो भने अझै पनि नेपाली फुटबल राम्रो हुन्छ।”
फुटबल मास्ने बाटो
‘ए’ डिभिजन लिग कमिटीका संयोजक विज्ञानराज शर्माले भने खेल मिलेमतोको विषय गम्भीर भएको बताए। यो अन्तर्राष्ट्रिय रोग नै बन्न पुगेको उल्लेख गर्दै उनले भने, “यो टीम–टीमबीचमा हुन्छ। खेलाडी–खेलाडीबीचमा हुन्छ। पुरै टीमलाई पनि थाहा हुन्न, विशेषतः फरवार्ड, गोलकिपर र रक्षकहरु मिल्छन्। त्यसैले कहाँ के हुन्छ भन्न सकिँदैन।”
शर्माले थपे, “यो फौजदारी अपराध हो। यो विषय प्रहरीले हेर्ने भएकाले हामी प्रहरीसँगको सहकार्यमा काम गरिरहेका छौं। चाँडै यसबारे केही रिजल्ट आउँछ।”
खेल मिलेमतोको क्रम बढ्दै जाने हो भने फुटबल नै मासिने उल्लेख गर्दै शर्माले मलेसिया र बंगलादेश लगायतका देशमा यही कारण फुटबल कमजोर बनेको बताए।
“फिक्सिङ हुनासाथ खेलाडी खेलभन्दा पैसातिर लाग्छ, यसलाई सामान्य रूपमा लिन मिल्दैन”, लिगका प्रत्येक खेल नियालिरहेका शर्माले भने, “लिग कमिटी र एन्फा यसमा गम्भीर छन्, हिमालयन शेर्पा र सरस्वतीको खेल मात्र नभई हामीले अन्य खेल पनि हेरिरहेका छौं। यसमा अपराध भएको रहेछ भने कारबाही हुन्छ।”

हिमालयन शेर्पाविरुद्ध खेल्नुअघि सरस्वतीले लिगका आठ खेलमा दुई गोलमात्र गरेको थियो। सरस्वतीले त्यतिञ्जेल जम्मा एक अंक जोडेको थियो। उता हिमालयन शेर्पाले मच्छिन्द्रलाई २–० ले हराएको थियो भने साविक विजेता मनाङलाई गोलरहित बराबरीमा रोकेको थियो। सरस्वतीविरुद्ध खेल्नुअघि भने हिमालयन शेर्पा थ्री स्टारसँग ३–१ ले पराजित भएको थियो।
हिमालयन शेर्पा र सरस्वतीबीचको खेलमा सात गोल भए, जुन जारी लिगमा एउटै खेलमा भएको अहिलेसम्मकै धेरै गोल हो। एपीएफका प्रशिक्षक तामाङले भने, “उनीहरूले ५० प्रतिशत मात्र फुटबल खेले पनि त्यति धेरै गोल हुँदैन। उनीहरूले जुन फुटबल खेल्नुपर्ने हो त्यो फुटबल खेलेनन्। उक्त खेल त्यस्तो नभइदिएको भए हामीलाई रेलिगेशनको यति दबाब हुने थिएन।”
एन्फाका इन्टिग्रिटी अफिसर सुदीप आचार्य हिमालयन शेर्पा र सरस्वती युथ क्लबबीचको खेलबारे अनुसन्धान भइरहेको बताउँछन्।
“हामीले अनुसन्धान गरिरहेका छौं, त्यसैले यसबारे बोल्न मिन्दैन”, आचार्यले भने, “एपीएफका प्रशिक्षकले के आधारमा बोल्नुभयो मलाई थाहा भएन। प्रमाणबिना यत्तिकै बोल्न भएन। उहाँले बोलेको विषयमा एन्फाले पनि कारबाही गर्ला नि।”
प्रशिक्षक तामाङले भने एपीएफलाई नै रेलिगेशनमा पार्न लागिपरेको आरोप लगाएका छन्। “फेयर फुटबल खेल्ने हो भने को झर्छ को झर्दैन भन्ने नै थाहा हुँदैन, यहाँ त अनौपचारिक कुरा गर्दा उनीहरूकै सर्कल (एन्फा पदाधिकारी)का मान्छेहरू नै यसपालि एपीएफ झर्छ भन्छ। त्यसो भए एन्फाले ‘तिमीहरू झर्दैछौ, नखेल’ भनेर पत्र लेखे भो नि”, तामाङले भने, “फुटबलमा सबैले राम्रो खेल्ने लक्ष्य हुनुपर्छ, को च्याम्पियन बन्छ वा को झर्छ भन्ने तपशीलको कुरा हो। तर, यहाँ फलानोलाई झार्ने भन्ने टार्गेट नै देखियो।”

लिग कमिटीका संयोजक शर्माले भने बिनाप्रमाण केही गर्न नसकिने बताए। उनले खेल मिलेमतो गम्भीर अपराध भएकाले यसलाई नियन्त्रणका लागि एन्फाले दीर्घकालिन योजना बनाइरहेको बताए।
“सट्टेबाजी तथा म्याच फिक्सिङका कुराहरू नआएका होइनन्, केही खेलहरूमा देखिएको छ र खेलमा सौदावाजीको क्रम बढ्दो छ। यसलाई हामीले स्वीकार्नुपर्छ”, शर्माले भने, “तर, यो निकै संवेदनशील विषय भएकाले कसैले गैरजिम्मेवार हिसाबले बोलेको कुरालाई प्रमाण मान्न सकिँदैन। त्यो रेफरेन्स हुनसक्छ। इथिक्स र लिग कमिटीले आफ्नो कामकारबाही गरिरहहेका छन्। म्याच फिक्सिङमा हामी जिरो टलरेन्स अपनाउँछौं, एन्फाले यसमा कुनै किसिमको सम्झैता गर्दैन।”
" /> काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तीन चरणका खेल मात्र बाँकी रहँदा खेल मिलेमतो (म्याच फिक्सिङ)को गम्भीर विषय सतहमा आएको छ।लिगमा नवौं चरणको खेलसम्म आइपुग्दा पहिलो जितको खोजीमा रहेको सरस्वती युथ क्लबले १४ माघमा भएको नवौं चरणको खेलमा हिमालयन शेर्पा क्बलमाथि ४–३ को सनसनीपूर्ण नतिजा निकालेपछि खेल मिलेमतोको चर्चा हुनथालेको हो।

">