लोकदोहोरी गायक बद्रि पंगेनीलाई पितृ शोक <p>काठमाडाैं। चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीलाई पितृ शोक परेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष समेत रहेका पंगेनीका बुबा बोजराजको ७० वर्षको उमेरमा निधन भएको हाे।</p> <p>लामो समयदेखि दम रोगबाट पीडित बोजराजलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा अस्पतालमै निधन भएको बद्रिकी श्रीमती कल्पना पंगेनीले जानकारी दिइन्।&nbsp;</p> <p>उपचार गराई घर फर्कने क्रममा ट्याक्सीमै बेहोस भएपछि पुनः अस्पताल लगिएको थियो। बाेजराजकाे दाहसंस्कार पाल्पाको रामपुरमा गरिनेछ।</p> <p>बद्रि पंगेनीका बुबाकाे निधनप्रति लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले दुःख व्यक्त गरेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्