मृत फेला परेकी नर्सका पतिविरुद्ध ‘आत्महत्या दुरुत्साहन’मा मुद्दा <p>कैलाली। धनगढीमा १४ माघमा मृत फेला परेकी नर्स देवीका श्रेष्ठका श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा &lsquo;आत्महत्या दुरुत्साहन&rsquo;मा जाहेरी परेको छ।</p> <p>जिल्ला प्रहरी कार्यालय कैलालीमा श्रेष्ठका माइती पक्षले उनका श्रीमान भारतीय नागरिक वीरेन्द्र अग्रवालविरुद्ध &lsquo;आत्महत्या दुरुत्साहन&rsquo;मा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए। उनले मृतक श्रेष्ठलाई मानसिक यातना दिएर मर्न बाध्य पारेको भन्दै मृतकका माइती पक्षले अग्रवालविरुद्ध जाहेरी दिएको बताए।</p> <p>अग्रवालविरुद्ध जाहेरी पर्नु अघि नै १५ माघमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। श्रेष्ठ र अग्रवालले १५ महीना पहिले विवाह गरेका थिए। मृतक श्रेष्ठ धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्