सिन्धुपाल्चोकमा गाउँपालिका, वडा कार्यालय र निजी घरमा तोडफोड
काठमाडौं । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय वडा कार्यालय र ११ वटा निजी घरमा तोडफोड भएको छ।

अज्ञात समूहले गएराति गाउँपालिका कार्यालय र पेड्कुस्थित ६ नम्बर वडा कार्यालयमा तोडफोड गरेको लिसंखुपाखर गाउँपालिका प्रमुख कमलप्रसाद नेपालले देखापढीलाई बताए।

"गाउँपालिकाको मेरो च्याम्बर र न्याय समितिको कोठाको ताला फोडेर कागजातहरु छरिएका छन्", नेपालले भने,  "वडा कार्यालयमा पनि त्यसैगरी तोडफोड भएको छ। सामान भने केही लगेका छैनन्।"

त्यस्तै गाउँपालिका नजिकै रहेको दुईवटा घर र वडा कार्यालय आसपासका नौवटा निजी घरमा पनि तोडफोड गरिएको छ।

घरबाट भने सुनचाँदी र पैसा चोरी भएको भन्दै नेपालले प्रहरीसँगको सहयोगमा क्षति यकिन भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्