यातायात कार्यालयबाट १३ हजार रूपैयाँसहित घुस लिने र दिने पक्राउ <p>काठमाडौं। यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्&zwj;याङ स्वयम्भुका एक अधिकृत र सेवाग्राही १३ हजार घुस रकमसहित पक्राउ परेका छन्।</p> <p>कार्यालयका अधिकृत शिवलाल पौडेल र घुस रकम दिने सेवाग्राही दीपक खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।</p> <p>१९ माघमा पक्राउ परेका उनीहरूबीच सवारी कर र प्रदुषणवापत लेनदेन भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्