काठमाडौं। चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या ३६१ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो विवरण हिजो रातिसम्मको हो। चीनभन्दा बाहिर १७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
चीनबाहिर फिलिपिन्समा पनि एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। फिलिपिन्समा मृत्यु भएका व्यक्ति ४४ वर्षीय चिनियाँ नागरिक हुन्। उनी वुहानबाट त्यहाँ पुगेका थिए।
चीनमा डिसेम्बरबाट फैलिएको कोरोना भाइरसको संक्रमणको दर घट्न सकेको छैन। हिजो साँझसम्मको विवरण अनुसार चीनमा १७२०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जुन संख्या अघिल्लो दिनभन्दा २० प्रतिशत (दुई हजार ८००) बढी भएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ।
कोरोना भाइरस अहिले चीनभन्दा बाहिर २५ देशमा फैलिसकेको छ। चीनबाहिर सबैभन्दा धेरै जापानमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै थाइल्याण्डमा १९, दक्षिण कोरियामा १५, हङकङमा १५, सिंगापुरमा १३, अस्ट्रेलियामा १२ र अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
जर्मनीमा आइतबारसाँझ सम्म १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा भने हालसम्म १ जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको पाइएको छ।
यसअघि चीनमा सन् २००३ मा सार्सको महामारीबाट ५ हजारभन्दा बढी प्रभावित भएका थिए। जसमध्ये ३४९ जनाको मृत्यु भएको थियो। एजेन्सीको सहयोगमा
" /> काठमाडौं। चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या ३६१ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो विवरण हिजो रातिसम्मको हो। चीनभन्दा बाहिर १७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।चीनबाहिर फिलिपिन्समा पनि एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। फिलिपिन्समा मृत्यु भएका व्यक्ति ४४ वर्षीय चिनियाँ नागरिक हुन्। उनी वुहानबाट त्यहाँ पुगेका थिए।

">