पोखरा। प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण आउँदो ११ देखि १७ फागुनसम्म पोखरामा हुने भएको छ।
नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्रतियोगिता हुँदैछ। जसमा नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायत ३० देशका १२५ चालक सहभागी हुनेछन्।
खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारी तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए।
प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन्। एशियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वर्ल्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन्। एफएआइ(फेडेरेशन एरोनोटिक इन्टरनेशनल)बाट लाइसेन्स प्राप्त गरेको र वर्ल्ड पाइलट र्याङकिङमा आबद्ध पाइलटले मात्र प्रतियोगितामा स्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापक विमल अधिकारीले जानकारी दिए। ‘एक्युरेसी’ र ‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौं स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाण र ट्रफी प्रदान गरिने छ।
त्यसैगरी महिला च्याम्पियसनसिप, टिम च्याम्पियनसिप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचौ स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिताको सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकूदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले मद्दत पुग्ने विश्वास लिइएको छ।