चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल हत्याका दोषीमाथि कारवाही थाल्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं। गृह मन्त्रालयले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा मुछिएका पाँचजना सुरक्षाकर्मीमाथि कारवाही थाल्न प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ।

गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएकै १७ माघमा सिफारिस कार्यान्वयनको जानकारी राष्ट्रिय मानवअधिकार आयोगमा पुगेको छ।

पौडेललाई प्रहरी नियन्त्रणमा लिएर नौ गोली हानिएको निष्कर्षसहित आयोगद्वारा घटनामा संलग्न पाँचजना सुरक्षा अधिकारीमाथि कारवाही गर्न सरकारलाई तीन महीनाअघि सिफारिस गरेको थियो।

सिफारिसअनुसार कारवाहीको म्याद गुज्रिेपछि गृह मन्त्रालयले बल्ल आयोगलाई कारवाहीबारे जानकारी दिएको छ।

तीन महीनाभित्र कारवाही गरी जानकारी पठाउन आयोगले ५ कात्तिकमा सिफारिस गरेको थियो। कारवाहीको जानकारी पठाउने म्याद भने ५ माघ मै सकिएको हो।

आयोगको छानबिनले सर्लाहीका इन्सपेक्टर कृष्णदेवप्रसाद साह, हवल्दारद्वय विनाद साह र सत्यनारायण मिश्र घटनामा प्रत्यक्ष संलग्न र कमान्डर रहेको ठहरसहित तत्काल निलम्बन गरी मुद्दा चलाउन सिफारिस गरेको थियो।

आजको कान्तिपुर दैनिकको समाचार अनुसार इन्सपेक्टरद्वय किरणप्रसाद न्यौपाने र सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्कामा त्रुटीपूर्ण काम गरेकोमा सचेत गराउन सिफारिस गरिएको थियो।

आयोगजका सचिव वेद भट्टराईले सिफारिस कार्यान्वयन गर्न प्रहरीलाई दिर्नेशन दिएको जानकारी आएको बताए।

प्रतिक्रिया दिनुहोस्