काठमाडौं। क्रिष्टियानो रोनाल्डो र माटिस डी लिटको गोलमा युभेन्टस्ले आज इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई ३–० ले पराजित गरेको छ।
घरेलु मैदानमा रोनाल्डोले दुवै गोल पेनाल्टीमा गरेका थिए। पोर्चुगलका रोनाल्डोले ४०औं मिनेटमा युभेन्टस्लाई अग्रता दिएका थिए।
मिरालम पिजानिकको प्रहार फियोरेन्टिनाका जर्मन पेजेल्लाको हातमा लागेपछि युभेन्टस्ले पेनाल्टी अवसर पाएको हो। रेफ्री फाब्रिसियो पास्कुएले भिडिओ सहायक रेफ्री (भिएआर) को सहायतामा पेनाल्टी दिने निर्णय गरेका थिए।
खेल सकिन १० मिनेट बाँकी रहँदा युभेन्टसले अर्को पेनाल्टी अवसर पायो। रोड्रिगो बेन्टाकुरलाई फियोरेन्टिनाका फेडरिको सेसेहरिनीले फाउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो। जसलाई रोनाल्डोले कुनै गल्ती गरेनन्।
पछिल्लो लिगकाे ९ खेलमा रोनाल्डोको यो १४औं गोल हो। जारी सिजन भने रोनाल्डोको यो १९औं गोल हो।
२००५ मा डेभिड ट्रजुगुएटपछि लगातार लिगकाे ९ खेलमा गोल गर्ने रोनाल्डो पहिलो युभेन्टसका खेलाडी हुन्।
डी लिटले इन्जुरी समयमा अर्को गोल गर्दै तीन अंक पक्का गरेका थिए। उनले पाउलो डीबालाको कर्नर प्रहारलाई हेडमार्फत् गोल गरेका थिए।
जितसँगै युभेन्टस्ले लिगमा ६ अंकको अग्रता लिएको छ। साविक विजेता युभेन्टस्ले २२ खेलबाट ५४ अंक जोडेको छ। एक खेल कम खेलेको इन्टर मिलान ४८ अंकका साथ दोस्रो स्थानमा छ। फियोरेन्टिना भने २५ अंकका साथ १४औं स्थानमा छ।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डो र माटिस डी लिटको गोलमा युभेन्टस्ले आज इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई ३–० ले पराजित गरेको छ।घरेलु मैदानमा रोनाल्डोले दुवै गोल पेनाल्टीमा गरेका थिए। पोर्चुगलका रोनाल्डोले ४०औं मिनेटमा युभेन्टस्लाई अग्रता दिएका थिए।

">