इटहरी। आज बिहान सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको सवारी दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ।
चन्द्रगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
माइक्रो बसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै झापा भद्रपुर-८ घर भई हाल काठमाडौं बस्ने ७५ वर्षीय हेमराज कोइराला र उनकी ६५ वर्षीया श्रीमती डोलमायाको पनि घटनास्थलमै मृत्यु भएको हाे। भक्तपुरकी १७ वर्षीया गरिमा गौतम र भद्रपुरकी ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
झापा धरमपुर–९ का होमबहादुर दर्जीे र झापाकै सावित्रा राई गम्भीर घाइते भएका छन्। सवारी दुर्घटनामा सामान्य घाइते भएका १० जनाको उपचार भइरहेको प्रदेश १ को प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए। रासस
" /> इटहरी। आज बिहान सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको सवारी दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ।चन्द्रगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

">