रहेनन् न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री माइक मुर
काठमाडौं। न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री माइक मुरको ७१ वर्षको उमेरमा निधन भएको छ।

अकल्यान्डस्थित आफ्नै घरमा स्थानीय समय अनुसार आइतबार बिहान उनको निधन भएको उनकी पत्नी योभुन मुरले बताइन्।

मुर सन् १९९९ देखि २००२ सम्म विश्व व्यापार संगठन (डब्लुटिओ)का पूर्व महानिर्देशक पनि थिए। डब्लुटिओको तेस्रो नेतृत्वमा उनको कार्यकालमै चीन विश्व व्यापारमा प्रवेश गरेको थियो।

न्यूजिल्याण्डमा उनको राजनीतिक जीवन सक्रियता लामो भए पनि प्रधानमन्त्री भने धेरै समय भएनन्। सन् १९९० मा निर्वाचनमा पराजित हुनुभन्दा पहिले उनी जम्मा दुई महीनाका लागि प्रधानमन्त्री भएका थिए।

सन् २०१५ बिरामी हुनुपुर्व उनी पाँच वर्षसम्म अमेरिकाका लागि न्यूजिल्याण्डका राजदूत थिए।

न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्डा आर्डनले मुरले आफ्नो सिंगो जीवन देशको सेवामा लगाएको टिप्पणी गरेका छन्। भने, “विशाल ज्ञान र विशाल हृदय भएको मानिस संसारले गुमाएको छ।”

- गार्जियनबाट

प्रतिक्रिया दिनुहोस्