चीनमा रहेका नेपालीको उद्धार शुरू भइसक्यो- प्रधानमन्त्री ओली

" /> चीनमा रहेका नेपालीको उद्धार शुरू भइसक्यो- प्रधानमन्त्री ओली

"> कोरोना भाइरस प्रभावित हुवेई प्रान्तमा अध्ययनरत १८० नेपाली विद्यार्थीले दिए घर फर्कन चाहेको आवेदन: Dekhapadhi
कोरोना भाइरस प्रभावित हुवेई प्रान्तमा अध्ययनरत १८० नेपाली विद्यार्थीले दिए घर फर्कन चाहेको आवेदन
काठमाडौं। चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई त्यहाँका विभिन्न शहरमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपाल ल्याउन सरकारले तयारी गरेको छ। यसैक्रममा १८ माघमा बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीका लागि सरकारले चार्टर्ड विमानको व्यवस्था गर्ने जानकारी गराएका थियो। साथै त्यस्तो विमानमार्फत् नेपाल फर्कन चाहने विद्यार्थीले अनिवार्य रूपमा फारम भर्नुपर्ने सूचना निकालेको थियो।

उक्त सूचना बमोजिम अहिलेसम्म कोरोना भाइरस प्रभावित चीनकाे हुवेई प्रान्तका ६ वटा शहरबाट १८० विद्यार्थीले त्यसरी नेपाल फर्कन चाहेको जानकारी दूतावासलाई दिएको राजदूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले देखापढीलाई जानकारी दिए।

वुहान शहरबाट ५९, सियानबाट २८, इन्सीबाट २९, यिछाङबाट ५, जिङझोउबाट ५० र जिङमनबाट ९ विद्यार्थीले घर फर्कन चाहेर आवेदन गरेको उपप्रमुख लम्सालले जानकारी दिए। उनले एक-दुई दिनभित्रैमा उनीहरूलाई नेपाल फर्काउने गरी दूतावासले तयारी गरिरहेको पनि बताए।  हुवेई प्रान्तमा करीब २०० जना नेपाली बसाेबास गरिरहेकाे दूतावासकाे अनुमान छ।

पढ्नुहाेस्

चीनमा रहेका नेपालीको उद्धार शुरू भइसक्यो- प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस्