अफगानिस्तान। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आज भएको गोली हानाहानमा तीनजना प्रहरीसहित सातजनाको मृत्यु भएको छ।
जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका व्यक्तिमध्ये चारजना विद्रोही लडाकूहरू रहेको जानकारी दिए। उनले आज स्थानीय समयअनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताए।
भिडन्तका क्रममा तीनजना प्रहरीको मृत्यु भएको र अरू चारजना सख्त घाइते भएको गभर्नर कुरैसीले बताए। तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन।
बाघलानमा सात लडाकू मारिए
उत्तरी बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा तालिबानविरुद्ध सरकारी फौजले गरेको हवाई आक्रमणमा सातजना लडाकू मारिएको सेनाले जनाएको छ।
सैनिक विज्ञप्तिमा बाघलान जिल्लाको मघाल गाउँमा गयराति हवाई कारबाही गरिएको र त्यसमा अरू आठजना लडाकू घाइते भएको उल्लेख छ। (रासस-सिन्ह्वा)
" /> अफगानिस्तान। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आज भएको गोली हानाहानमा तीनजना प्रहरीसहित सातजनाको मृत्यु भएको छ।जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका व्यक्तिमध्ये चारजना विद्रोही लडाकूहरू रहेको जानकारी दिए। उनले आज स्थानीय समयअनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताए।

">