कैलालीमा दुर्घटना हुँदा युवककाे मृत्यु, एम्बुलेन्स र चालक नियन्त्रणमा

कैलाली। कैलालीकाे लम्कीचुहा नगरपालिकामा १८ माघमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चाैधरीकाे मृत्यु भयाे।

गाडीले ठक्कर दिएकाे हुन सक्ने भन्दै अनुसन्धानका लागि प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ।

युवककाे मृत्यु भएपछि स्थानीयले बाटाे अवरूद्ध गरेका छन्। प्रहरीले बाटाे खुलाउने क्रममा लाठीचार्जसमेत गरेकाे थियाे।

स्थानीयका अनुसार अहिले पनि लम्की खण्ड अवरूद्ध छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्