काठमाडाैं। प्रत्येक वर्ष २ फेब्रुअरीका दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यस वर्षको सिमसार दिवस वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको संयुक्तरूपमा शिवपुरीको धापमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। शिवपुरीको धाप महत्त्वपूर्ण सिमसार क्षेत्र हो।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ। सिमसार जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिकस्थल हो।

सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालको करीब पाँच प्रतिशत भू-भाग सिमसार क्षेत्रले ओगटेको छ। विश्व संरक्षण संघ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन्। सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्त्वपूर्ण वासस्थान पनि हो।

सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ। विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन्।

यसैगरी नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन्। त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन्। विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेब्रुअरी १९७१ मा इरानको रामसार शहरमा भएको थियो।

रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरू गरिएको हो। रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ।

१७ डिसेम्बर १९८७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले बताए। रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन्।

यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्क छ। सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए। रासस

" /> काठमाडाैं। प्रत्येक वर्ष २ फेब्रुअरीका दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

"> विश्व सिमसार दिवस मनाइँदै: Dekhapadhi
विश्व सिमसार दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस्