चोरीमा संलग्न रहेको भन्दै चार जना पक्राउ

काठमाडौं। प्रहरीको महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ चुनिखेल बस्ने रवि कार्की, काठमाडौं बूढानीलकण्ठ भंगालका राजन खनाल, काभ्रे पाँचखाल खरेलथोक घर काठमाडौं बूढानीलकण्ठ चुनिखेल बस्ने उपेन्द्र खरेल र खोटाङको दिक्तेत रुपाकोट नगरपालिका–१२ जालपा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने मौलकुमार बिक रहेका छन्।

उनीहरूले गएको २८ पुसमा रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ भत्केपुलस्थि बालकुमार थपलियाको घरमा डेरा गरी बस्ने विष्णुबहादुर कार्कीको डेराबाट दुई लाख रूपैयाँ नगद, अन्दाजी २० तोला सुन र सामसुङ कम्पनीको मोइबाल एक थान चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीमा चाेरीमा प्रयो गरेकाे रवि कार्कीको कार समेत नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्