तर, यो प्रकरणसँगै फेरि बहसमा आएको ‘प्रहरीको व्यवहार’को चर्चा भने अझै पनि चलिरहेको छ। यो प्रकरणमा धेरैले गरेको टिप्पणी हो- ‘आस्थाले गल्ती गरेकै हुन्, तर प्रहरीको व्यवहारलाई यसमा नजरअन्दाज गर्न मिल्दैन।’
धेरैले गरेको टिप्पणीको अर्थ हो- ड्युटीमा खटिएका प्रहरीको व्यवहार सौहाद्र्धपूर्ण हुँदैन। अझ भन्दा उनीहरु प्रायः रुखो व्यवहार गर्छन्।
प्रहरीको व्यवहार रुखो छ भन्ने गुनासो धेरै सुनिन्छ पनि। आखिर किन हुन्छ प्रहरीको यस्तो व्यवहार?
यसबारे बुझ्न प्रहरीले कसरी काम गरिरहेका छन् भन्ने बुझ्न जरुरी हुन्छ। त्यसमा पनि नागरिकसँग सिधा ठोक्किने प्रहरी जवानहरुको खटन कस्तो हुन्छ भनेर हेर्नुपर्ने हुन्छ।
एउटा उदाहरण हेरौं ।
दैनिक १५ घण्टा ड्युटी। जतिखेर अनुकुल मिल्यो, त्यतिखेर खाना खायो। दिउँसोमा खाजा-नास्ता खाने कुनै ठेगान नै हुन्न। ड्युटीमा खटिएको बेला दिउँसो शौच गर्नेसमेत फुर्सद हुँदैन।
कुनै सहकर्मी सँगै ड्युटीमा भए मात्र समय मिलाएर शौचालय जाने मौका मिल्छ।
यो मुलुकको राजधानीको ट्राफिक व्यवस्थापन गर्न खटिएका ट्राफिक प्रहरीको कथाव्यथा हो। राजधानीमा ट्राफिक प्रहरीले बिहान, दिउँसो र रातिको समय गरेर तीन पटक ड्युटी गर्नुपर्छ।

काठमाडौं उपत्यकामा अचाक्ली बढ्दो सवारी चापसँगै ट्राफिक व्यवस्थापनसमेत थप चुनौतीपूर्ण बन्दै गएको छ।
एकातिर बिहान, दिउँसो र रातिसमेत ड्युटीमा खट्नुपर्ने बाध्यता। आराम गर्ने समय अभाव। त्यसमाथि न्यून तलब-सुविधा।
न बस्ने ब्यारेक। भएका ब्यारेक पनि जीर्ण अवस्थाका। धेरैजसो प्रहरीको दैनिकी यस्तै उकुसमुकुसपूर्ण हुन्छ।
दुरदराजको के कुरा, काठमाडौं उपत्यकामै पनि प्रहरीका कैयौं ब्यारेक बस्नै नसकिने खालका जीर्ण छन्। त्यहीकारण कतिपय बाहिरै डेरा लिएर बस्छन्।
“एउटै कोठामा खाँदिएर बस्नुपर्ने अवस्था छ”, महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत् एक प्रहरी जवानले भने, “सिंगल बेड त हुँदै हुन्न, ठूलो कोठामा समूहमा २८ जनासम्म बस्नुपर्ने वाध्यता यहीँ छ। जिल्लातिरको अवस्था अझ दयनीय छ।”
नेपाल प्रहरीका जवानले मासिक तलब भत्तावापत २० हजार ६८० रुपैयाँ बुझ्ने गरेका छन्। “यही तलबमा घरको खर्च चलाउनुपर्छ। छोराछोरी पढाउनुपर्छ। गुजारा चलाउन कठिन छ”, त्रिपुरेश्वर क्षेत्रमा खटिएका एक प्रहरी जवानले भने, “घरमा कोही बिरामी भयो भने उपचार केले गर्ने? दैनिक १५/१६ घण्टा काममा खटिएर परिवार चलाउन नसक्दा तनाव हुन्छ।”
दैनिक १५/१६ घण्टा ड्युटी गर्नुपर्दा धेरैजसो प्रहरी शारीरिक तथा मानसिक दुवै हिसाबले थकित हुन्छन्। त्यसले तनाव बढाउँछ नै।

“ड्युटीमा हुँदाको तनाव छुट्टै हुन्छ, त्यसमाथि सवारी चाप भएका बेला पब्लिकसँग तनाव भइरहेको हुन्छ”, कोटेश्वर क्षेत्रमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीले भने, “आराम गर्ने भन्ने त हुँदै हुन्न । धेरै खालका तनाव झेलेर काम गरिरहनुपर्दा कहिलेकाहीँ त्यो बाहिर आउँछ र विवाद हुन्छ।”
उनले देश र जनताको सेवा गर्नकै लागि प्रहरीमा आएको बताए। तर, कहिलेकाहीँ नागरिकले नबुझ्दा पनि रुखो व्यवहार हुनेगरेको बताए।
नेपाल प्रहरीमा जवानदेखि महानिरीक्षकसम्मका तलब-भत्ता र रासनभत्ता छुट्टाछुट्टै हुने गर्छ।
जवान र हवल्दार तहका कर्मचारी तराईका जिल्ला भन्दा बढी रासनभत्ता धेरै आउने पहाड र हिमाली जिल्लामा जान रुचाउँछन्।
काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरीले तलब भत्ताभन्दा अतिरिक्त तलबको ४० प्रतिशत भत्ता पाउने गर्छन्।
उपत्यकामा उनीहरूले ५ हजार बराबर रासन भत्तावापत पाउँछन्। तर, यो पनि बढ्दो महंगीको समयमा निकै कम हो। यसले परिवार चलाउन सकस हुने उनीहरू बताउँछन्।
“जहिले पनि खर्च कसरी पुर-याउने भन्ने तनाव भइरहेको हुन्छ”, एक प्रहरी हवल्दारले भने, “धेरैजसोले रासनभत्ता धेरै पाउने पहाडी र हिमाली जिल्ला रोज्ने गर्छन्।”
“कामको तनाव धेरै हुने। तलब भत्ता कम हुने। पारिवारिक भेटघाट गर्न नपाइने धेरै खालका तनाव छन्। त्यो तनावले गर्दा अधिकांश प्रहरी र सेनाका जवानहरू परामर्श लिन आउने गर्छन्।”- गोपाल ढकाल, मनोविश्लेषक
तराई र काठमाडौं उपत्यकामा भन्दा त्यहाँ कामको चाप पनि कम हुने गरेको उनीहरू बताउँछन्।
सरकारले ४ साउन २०७६ मा गरेको निर्णयानुसार नेपाल प्रहरीका जवानहरूको शुरु तलब स्केल २० हजार ६८० रुपैयाँ कायम गरिएको छ। उनीहरूले ६८० प्रति ग्रेडका हिसाबले ८ ग्रेडको थप ५ हजार ५१२ रुपैयाँ पाउँछन्। प्रहरी हवल्दारको तलब स्केल पनि उस्तै हो। उनीहरूले ग्रेडसहित २७ हजार १४८ रुपैयाँ तलब पाउने गर्छन्।
प्रहरी सहायक निरीक्षकदेखिका प्रहरी कर्मचारीहरूको भने दैनिक ड्युटीलगायत सेवासुविधा अलि सहज नै हुने गरेको छ।
काठमाडौं उपत्यकामा भने प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सम्म प्रायः समय परिस्थिति हेरेर ड्युटीमा खट्नुपर्ने अवस्था हुन्छ।
तर, तराईका जिल्ला, पहाड र हिमाली क्षेत्रमा भने धेरै स्थानमा प्रहरी सहायक निरीक्षकलेसमेत चौकीको इन्चार्ज सम्हालिरहेका हुन्छन्।
ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूले बताए अनुसार दैनिक १५/१६ घण्टा काम गर्नुपर्दा थकान र अन्य तनावले गर्दा पनि कहिलेकाहीँ सर्वसाधारणसँग गर्ने व्यवहार केही रुखो हुनपुग्छ।

कतिपय प्रहरी जवानहरु आफूभन्दा सिनियर अधिकृतहरुको व्यवहार र कार्यशैलीको शिकार पनि बनेका हुन्छन्। हाकिमले आफूलाई पोख्ने आक्रोश उनीहरु नागरिकसँग पोख्छन्।
नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्री पनि प्रहरीले अन्य श्रमिकभन्दा बढी नै काम गरिरहेको बताउँछन्।
“जनशक्ति पनि कम छ। प्रविधिमैत्री पनि विस्तारै हुँदैछ”, उनले भने, “खाली रहेको दरबन्दीको काम पनि कार्यरतले गर्नुपर्दा केही बढी हुने नै भयो।”
उनका अनुसार नेपाल प्रहरीमा रहेको ७९ हजार ५२३ दरबन्दीमा अहिले ११ हजार २५१ दरबन्दी रिक्त रहेको छ।
श्रम ऐन २०७४ को परिच्छेद ७ मा काम गर्ने समयसम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार दफा २८ को उपदफा (१) मा रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय हुनेगरी काममा लगाउन पाइँदैन।
त्यस्तै उपदफा (२) मा श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनु पर्ने उल्लेख छ।
उपदफा (३) मा काम रोक्न नहुने तथा लगातार काम चलाइरहनु पर्ने भएमा श्रमिकलाई त्यस्तो विश्रामको समय आलोपालो गरी दिनु पर्नेछ भनेर लेखिएको छ।
नेपाल प्रहरीलाई हेर्दा त्यस्तो देखिन्न । तोकिएकोभन्दा बढी समय काममा लगाउन नपाइने, दिनमा थप ४ घण्टा र सातामा २४ घण्टा नबढ्ने गरी अतिरिक्त समय काम लगाउन सकिने र अतिरिक्त समयमा गरेको कामको नियमित समयमा भन्दा डेढ गुणा बढी पारिश्रमिक दिनुपर्ने व्यवस्था पनि ऐनमा छ।
श्रम ऐनअन्तर्गत दैनिक १५/१६ घण्टा काम गरे पनि प्रहरी कर्मचारीहरूले अतिरिक्त सेवासुविधा भने पाउँदैनन्।
काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी दैनिक १५/१६ घण्टा काममा खटिने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकाल पनि स्वीकार्छन्।
“६ वर्षअघिकै दरबन्दी कायम छ। आवश्यक दरबन्दी नै छैन”, उनले देखापढीसँग भने, “त्यही कारणले जति जनशक्ति छ त्यसैको परिचालन गरेर उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार्न दोब्बर ड्युटी गर्नुपर्ने वाध्यता रहेको छ।”
अहिले बढ्दो शहरीकरण र सवारी चाप बढेसँगै कर्मचारीको खटनपटन पनि धेरै हुने गरेको उनी बताउँछन्।
“दैनिक १५/१६ घण्टा खटिनुपर्ने वाध्यता अहिले पनि छ, “अब जनशक्तिलाई दक्ष बनाउनेदेखि लिएर प्रविधिमैत्री बनाउनतर्फ काम गर्न सके केही सुधार हुन्छ।”- पूर्वडीआईजी हेमन्त मल्ल
“हामीले ट्राफिक व्यवस्थापन सुधारका लागि प्रविधिमैत्री पनि बनाइरहेका छौं”, उनले भने, “दरबन्दी बढाउने र उपत्यका क्षेत्रमा ट्राफिक लाइट, सीसी क्यामेरा लगायतका साम्रगीको प्रयोग बढाउदै लैजान सके केही सहज हुनेछ।”
मनोविश्लेषक गोपाल ढकाल प्रहरी-प्रशासनमा धेरै तनाव रहेको बताउँछन्। “कामको तनाव धेरै हुने। तलब भत्ता कम हुने। पारिवारिक भेटघाट गर्न नपाइने धेरै खालका तनाव छन्”, उनले देखापढीसँग भने, “त्यो तनावले गर्दा अधिकांश प्रहरी र सेनाका जवानहरू परामर्श लिन आउने गर्छन्।”
अत्यधिक तनावले डुयुटीमा खटिएका प्रहरी झर्किने, रिसाउने, रुखो व्यवहार देखाउने लगायतका स्वभाव देखिने गरेको उनी बताउँछन्।
उनका अनुसार प्रहरी नेतृत्वले तनाव व्यवस्थापन, परामर्श लगायतका आवश्यक सेवासुविधाका विषयमा ध्यान दिनुपर्ने हुन्छ।
तर, त्यस्तो पहल भएको देखिँदैन।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल पनि आवश्यक जनशक्ति बढाउनेदेखि लिएर प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउँछन्।
“दैनिक १५/१६ घण्टा खटिनुपर्ने वाध्यता अहिले पनि छ”, उनले भने, “अब जनशक्तिलाई दक्ष बनाउनेदेखि लिएर प्रविधिमैत्री बनाउनतर्फ काम गर्न सके केही सुधार हुन्छ।”
तनाव व्यवस्थापनका लागि पनि नेतृत्वले आवश्यक ध्यान दिनुपर्ने उनको भनाई छ।