हेटौंडामा दुई वटा विद्यालय बसमा आगजनी
हेटौंडा। हेटौंडा उपमहानगरपालका-५ पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालयको परिसरमा रहेका दुई वटा बसमा आगजनी गरिएको छ।

ना. ७ ख ८७२८ र ना. १ क ३२१८ नम्बरको बसमा गएराति आगजनी गरिएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आगोबाट एउटा बस पूर्णरूपमा र अर्कोमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीयवासी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्