इनरुवा दुर्घटना अपडेट: मृतकको संख्या ४ (चालकसहित दुई जनाको नाम खुल्यो) <p>इटहरी। सुनसरीको इनरुवामा बस र माइक्रो ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेमध्ये चालक र एक यात्रुको नाम खुलेको छ।</p> <p>आज बिहान पश्&zwj;चिमबाट पूर्वतर्फ आउँदै गरेको वा. ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा. ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो इनरुवाको रामधुनी नगरपालिका तित्रिवनामा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।</p> <p>दुर्घटनामा मृत्यु भएकामध्ये माइक्रो चालक दीपक खड्का र झापाका हेमराज कोइरालाको पहिचान भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले <em>देखापढी</em>लाई बताए।</p> <p>दुर्घटनामा माइक्रोका १५ जना यात्रु घाइते छन्। उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्&zwj;ठान र इनरुवास्थित अस्पतालमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्