कंचनपुरको पुनर्वासमा सशस्त्रको बीओपी स्थापना

कैलाली। भारतसँग सीमा जोडिएको कंचनपुरको दक्षिण पुनर्वास नगरपालिका- ९ मा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

सीमा सुरक्षा, सीमा अतिक्रमण न्यूनीकरण र सीमा क्षेत्रमा हुने अपराध गतिविधि नियन्त्रण गर्न बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतसँगको सिमानाका कंचनपुरका १३ स्थानमा बीओपी राख्‍न काम भइरहेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीर सिंह शाहुले बताए।

बीओपी स्थापनाले पछिल्लो समय उब्जिएको सीमा अतिक्रमण नियन्त्रणको विषयमा समेत सहज हुने शाहुले बताए।

योसँगै कंचनपुरका छ वटा स्थानमा बीओपी स्थापना भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्