परासी। पेस्तोल, चक्कु र लागुऔषधसहित दुई भारतीय नागरिकलाई बर्दघाटबाट पक्राउ गरिएको छ।
बर्दघाट नगरपालिका-९ भूताहास्थित भित्री सडकखण्डबाट इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाको संयुक्त टोलीले भारत महाराजगञ्जको कोतवाली बस्ने ४० वर्षीय नासिन अलि र ३० वर्षीय धर्मेन्द्र गौडलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले भूताहाको भित्री सडकमा भारतबाट आउँदै गरेको युपी ५३ भी २५०० नम्बरको मोटरसाइक जाँच गर्ने क्रममा १८ माघ साँझ ती उनीहरु पक्राउ परेको जानकारी दिए।
चालक अलिको बायाँ खुट्टाको मोजामा फलामको साढे दश इञ्च लामो धारिलो चक्कु र उनका साथी गौडको बायाँ खुट्टामा एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली फेला परेको छ।
उनीहरुको साथबाट फेनरागन १०० थान, डाइजापाम १०० थान, नोफिन १०० थान, ओनरेक्स ६० वटा प्रतिबोत्तल १०० मिलीलिटर, फेन्साडिललगायतका लागुऔषध पनि बरामद गरेको छ। रासस
" /> परासी। पेस्तोल, चक्कु र लागुऔषधसहित दुई भारतीय नागरिकलाई बर्दघाटबाट पक्राउ गरिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले भूताहाको भित्री सडकमा भारतबाट आउँदै गरेको युपी ५३ भी २५०० नम्बरको मोटरसाइक जाँच गर्ने क्रममा १८ माघ साँझ ती उनीहरु पक्राउ परेको जानकारी दिए।

">