काठमाडौं।
जिन्दगीका बाटाहरू धेरै छन्,
कुबाटो कुनै नभेटियोस्,
मनको निर्मल पानामा
जथाभावी केही नलेखियोस्।
हे बागदेवी मलाई थर होइन्,
आफैंप्रति भर देऊ, कि म समयको यस्तो कविता लेखूँ,
जुन कहिले पनि नमेटियोस्।
यस्तै एउटा कविता अथवा कुनै सिर्जना लेख्ने उत्कट अभिलाषा थियो। त्यससँगै करीब ४० वर्ष पहिले साहित्यिक क्षेत्रमा लागेको थिएँ। केही बाल्यकालीन उत्प्रेरणाका कारणले साहित्यमा लागेको थिएँ। तर, औपचारिक रूपमा भने २०३५ सालमा मुक्तक संग्रह प्रकाशन गरेपछि मात्रै मेरो साहित्यिक यात्राको थालनी भएको हो।
म धेरै पेचिला प्रश्नहरूको भूमरीमा परिरहेको हुन्छु। त्यस्ता प्रश्नको दबाब सधैँ हुन्छ। म नेवारी समूदायमा जन्मिएँ। धेरै वर्ष अगाडि मेरा पुर्खाहरू काठमाडौंबाट बसाइँ सरेर पोखरा गएका थिए रे। अहिले पोखरामा हुने सबै जात्राहरू रञ्जित मल्लका समयका जात्रा हुन्। बाल्यकालमा म पिताजीसँगै त्यस्ता जात्रामा सहभागी हुन्थें। म सानो बालक उहाँको हात समातेर पछि लाग्थें।
बाल्यकालमा त्यस्ता जात्रा नदेखेको भए सम्भवतः साहित्यक क्षेत्रमा लाग्ने थिइनँ। आज त्यो बाल्यकालीन सांस्कृतिक जात्रा, धार्मिक जात्राबाट म किताब जात्रासम्म आइपुगेको छु। यहाँ आइपुगेपछि म आज आफ्ना पिता तथा पूर्वजहरूलाई सम्झिरहेको छु।
कहिलेकाँही म सोच्छु, हामी धेरै विचार, दर्शन, ज्ञान र विज्ञानका दबाबबाट पीडित छौं। बाल्यकालमा मैले रामायण तथा महाभारत सुनें। पछि साहित्यमा विभिन्न ज्ञान विज्ञानका कुरा पढें। हामी यस्तो ज्ञान–विज्ञानको वातावरणमा छौं, जसबाट बाहिर निस्किएर एउटा मौलिक चिन्तन बनाउन सकिरहेका छैनौं।
हाम्रा ज्ञान पृथ्वीको एउटा सानो घेराभित्र सीमित भएजस्तो लाग्छ। जबकी हाम्रो ब्रम्हाण्डमा लाखौं, करोडौं होइन अर्बौंअर्ब ताराहरू छन्। त्यो पनि ज्ञातमात्र। अज्ञात त कति छन् कति। हामीले रचना गरिरहेको साहित्य, दर्शन हाम्रो जीवनशैली हो। हाम्रै जीवनको दर्शन हो। तर, यसले पृथ्वीभन्दा बाहिर भएको त्यस्तो विशाल ब्रम्हाण्डमध्ये हामी कतै एउटा सानो पृथ्वीभित्रका केही हजार वर्षका ज्ञान विज्ञानमा खुम्चिरहेका त छैनौं भन्ने प्रश्न पनि जन्माउँछ।
हामी सानो पोखरीभित्र मात्र त सीमित छैनौं ? केही हजार वर्षको मात्रै ज्ञान–विज्ञान र दर्शनको पोखरीभित्र सीमित रहने हो भने नयाँ ज्ञान, विज्ञान, दर्शन कसरी सिर्जना गर्न सकौंला ? यसबारे पनि मनन गर्नुपर्ने बेला आएको छ।
(किताब यात्रा फाउण्डेशनको ‘प्रेम साहित्य सम्मान’बाट सम्मानित भएपछि साहित्यकार सरुभक्तले दिएको प्रवचनको अंश)
" /> काठमाडौं।

">