धनगढीमा शैक्षिक मेला सञ्चालन हुने
कैलाली। धनगढीमा शिक्षा क्षेत्रलाई लक्षित गरी शैक्षिक मेला सञ्चालन हुने भएको छ।

विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक परामर्श दिने लक्ष्यका साथ सञ्चालन हुने मेलामा धनगढी, काठमाडौंलगायत भारतसमेतका शैक्षिक संस्थाहरूको उपस्थिति रहनेछ।

कक्षा १० देखि १२ सम्मका छात्रछात्रालाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिन लागेको हिमालयन एजुकेशन ट्रेनिङ् एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक निर्देशक भरतराज जोशीले बताए।

उनले मेलामा २५ वटा भन्दा बढी शैक्षिक संस्था र १००० भन्दा बढी विद्यार्थीहरूको सहभागिता गराउने लक्ष्य रहेको बताए।

मेला २२-२३ माघमा हुनेछ। मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्