सनातन धर्म संस्कृति विषयक अन्तर्राष्ट्रिय सम्मलेन हुने

तनहुँ। व्यास जन्मभूमि तनहुँको दमौलीलाई हिन्दूहरूको मूल थलोको रूपमा चिनाउने उद्देश्यसहित सनातन धर्म संस्कृति विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

विश्व हिन्दू महासंघ नेपाल तनहुँ शाखाले १-४ चैतमा वेदव्यासको जन्मभूमि दमौलीमा अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना गर्न लागेको हो।

अन्तर्राष्ट्रिय महासम्मेलनमा २४ भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विश्व हिन्दू महासंघ तनहुँका अध्यक्ष तुलसीशरण सिग्देलले जानकारी दिए।

सनातन धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन गर्ने र महर्षी वेदव्यासको जन्मभूमि व्यास परासर क्षेत्रलाई विश्व माझ चिनाउने प्रमुख उद्देश्यसहित अन्तर्राष्ट्रिय महासम्मेलन गर्न लागिएको उनले बताए।

महासम्मेलनको तयारीस्वरुप आज दमौलीमा पूर्व तयारी बैठक गरिएकाे थियाे। रासस

प्रतिक्रिया दिनुहोस्