रूपन्देही। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यतामाथि कहीँकतैबाट आघात पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन्।
प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औं पुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा-१४, टिकुलीगढमा आज आयोजित श्रद्धाञ्जली सभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीँबाट हस्तक्षेप गर्न नहुने बताए।
सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति कांग्रेसको समर्थन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको चर्चा गरे।
महामन्त्री डा. शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व. पोखरेलको योगदानको कदर हुने उल्लेख गरे। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेललाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, कांग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर रानालगायतले इमान्दार कार्यकर्ताको योगदानले कांग्रेस अहिलेको अवस्थामा आएको बताए।
प्रदेश सभामा विपक्षी दलका नेता पोखरेलको ६ माघमा ८२ वर्षको उमेरमा निधन भएको थियो। २०१४ मा नेपाली कांग्रेसमा आबद्ध भई २०१७ देखि २०२१ सम्म जेल जीवन व्यतित गरेका थिए।
भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गरेका पोखरेल २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशील भएकाे बताइन्छ। रासस
" /> रूपन्देही। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यतामाथि कहीँकतैबाट आघात पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन्।
प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औं पुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा-१४, टिकुलीगढमा आज आयोजित श्रद्धाञ्जली सभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीँबाट हस्तक्षेप गर्न नहुने बताए।
सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति कांग्रेसको समर्थन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको चर्चा गरे।
महामन्त्री डा. शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व. पोखरेलको योगदानको कदर हुने उल्लेख गरे। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेललाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, कांग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर रानालगायतले इमान्दार कार्यकर्ताको योगदानले कांग्रेस अहिलेको अवस्थामा आएको बताए।
प्रदेश सभामा विपक्षी दलका नेता पोखरेलको ६ माघमा ८२ वर्षको उमेरमा निधन भएको थियो। २०१४ मा नेपाली कांग्रेसमा आबद्ध भई २०१७ देखि २०२१ सम्म जेल जीवन व्यतित गरेका थिए।
भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गरेका पोखरेल २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशील भएकाे बताइन्छ। रासस
"> प्रजातान्त्रिक मूल्य मान्यतामा आघात पुर्‍याउनु हुँदैनः देउवा: Dekhapadhi
प्रजातान्त्रिक मूल्य मान्यतामा आघात पुर्‍याउनु हुँदैनः देउवा
प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औं पुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा-१४, टिकुलीगढमा आज आयोजित श्रद्धाञ्जली सभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीँबाट हस्तक्षेप गर्न नहुने बताए।
सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति कांग्रेसको समर्थन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको चर्चा गरे।
महामन्त्री डा. शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व. पोखरेलको योगदानको कदर हुने उल्लेख गरे। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेललाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, कांग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर रानालगायतले इमान्दार कार्यकर्ताको योगदानले कांग्रेस अहिलेको अवस्थामा आएको बताए।
प्रदेश सभामा विपक्षी दलका नेता पोखरेलको ६ माघमा ८२ वर्षको उमेरमा निधन भएको थियो। २०१४ मा नेपाली कांग्रेसमा आबद्ध भई २०१७ देखि २०२१ सम्म जेल जीवन व्यतित गरेका थिए।
भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गरेका पोखरेल २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशील भएकाे बताइन्छ। रासस
प्रतिक्रिया दिनुहोस्