काठमाडौं। अमेरिकाकी सोफिया केनिनले स्पेनकी गार्बिन मुगुरूजालाई हराउँदै अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन्। केनिनको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।
केनिनले पहिलो सेट ४–६ ले हारे पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेकी थिइन्। उनले बाँकी सेटमा दुई पटकको ग्राण्डस्लाम विजेता मुगुरूजालाई ६–२, ६–२ को सेटमा हराएकी थिइन्।
२१ वर्षीया केनिन सानैदेखि विलक्षण प्रतिभा थिइन्। पाँच वर्षको उमेरबाट टेलिभिजनको पर्दाको देखिन थालेकी उनी अब स्टार हुँदैछिन्।
"मेरो सपनाले आज साकार भएको छ", केनिनले भनिन्, "एकदम खुशी छु। मैले कडा मिहिनेत गरेको थिएँ र आज यो स्थानमा उभिन सफल भएको छु। यो दुई साता मेरो जीवनको सबभन्दा सुन्दर समय हुन्। दर्शकहरूलाई हृदयदेखि धन्यवाद।’
केनिनले नोभेम्बरबाट २१औं वसन्तमा पाइला टेकेकी हुन्। उनी २००८ मा रसियन सुन्दरी मारिया सारापोभापछि अस्ट्रेलियन ओपनको उपाधि जित्ने कान्छी खेलाडी हुन्।
१४औं वरीयताकी केनिनले सेमिफाइनलमा शीर्ष वरीयता प्राप्त अस्ट्रेलियाकी एशले बार्टीलाई सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेकी थिइन्।
केनिन रूसमा जन्मिएकी हुन्। तर, केही महीनापछि उनको परिवार अमेरिका बसाइँ सरे। जहाँ उनले पाँच वर्षको उमेरबाटै र्याकेट समाउन थालेकी थिइन्। फ्लोरिडामा हुर्किएकी उनी अमेरिकामा सानै उमेरमा स्टार भइसकेकी थिइन्।
उनले पाँच वर्षको उमेरमै ग्राण्ड स्लाम विजेता जोन म्याक्नेरो, भेनस विलियम र किम क्लाइजेस्टरहरूसँग अभ्यास गरेकी थिइन्। त्यसको दुई वर्षपछि उनले खेलको ठूलो उपाधि जित्छु भनेर भनेकी थिइन्। आज उनको त्यो सपना पूरा भएको छ।
"केनिनलाई बधाई छ। उनले आज र प्रतियोगिता भर नै असाधरण प्रदर्शन गरिन्। उनी उपाधिको हकदार थिइन्," स्पेनकी मुगुरूजाले भनिन्, "मलाई लाग्छ आजजस्तै अझै धेरै प्रतियोगिताको फाइनलमा उनलाई देख्न पाउनेछौं। यसमा म विश्वस्त छु।"
" /> काठमाडौं। अमेरिकाकी सोफिया केनिनले स्पेनकी गार्बिन मुगुरूजालाई हराउँदै अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन्। केनिनको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।केनिनले पहिलो सेट ४–६ ले हारे पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेकी थिइन्। उनले बाँकी सेटमा दुई पटकको ग्राण्डस्लाम विजेता मुगुरूजालाई ६–२, ६–२ को सेटमा हराएकी थिइन्।

">