माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन
अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन्।

गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन्। भेरी नगरपालिकाले गाउँगाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लियपन पत्ता लगाएर सोहीअनुसारका बीउ सिफारिस गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

कृषक समूहमार्फत् बीउ वितरण गरी सबै कृषकलाई व्यावसायिकरूपमा खेती गर्ने वातावरण बनाएको छ।

कृषकले लगाएको बालीको रेखदेख र सल्लाह दिनका लागि खेतबारीमा प्राविधिक खटाउनुका साथै वडाध्यक्षलाई निगरानी गर्न आग्रहसमेत गरेको प्रमुख घर्तीले बताए। माटो र परिवेश सुहाउँदो खेती गर्न किसानलाई सहयोग गरी अगाडि बढाउन कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता गरिएको छ। सो कार्यक्रमबाट नगरपालिकाका कृषकको जीवनस्तर माथि उठाउन महत्त्वपूर्ण कार्य हुने नगरपालिकाले जनाएको छ ।

कार्यक्रमले पूर्वाधार विकासका साथै तरकारी खेती, ओखर, कागतीलगायतका बिरुवा उत्पादनमा लगानी गर्नेछ। कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने योजनासमेत रहेको छ । त्यस्तै  किसानलाई कृषिजन्य वस्तुको उत्पादन गर्नका लागि चाहिने मल, औजार, आवश्यक औषधि तथा उपकरणका साथै तालीमसमेत दिने प्रमुख घर्तीले बताए।

माटो जाँचपछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषक अहिले नगरपालिकामा नयाँ–नयाँ खालका योजना माग गर्न थालेका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्