सुदूरपश्चिम खप्तड गोल्डकप फागुनमा
<p>कैलाली। नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप यस वर्ष ९-२० फागुनमा हुने भएको छ।</p>
<p>प्रतियोगितामा १२ टीमको सहभागिता रहने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलन गरेरर जानकारी दिएकाे छ।</p>
<p>प्रतियोगिता विजेता टीमले २१ लाख र उपविजेताले १० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।</p>
<p>खप्तड गोल्ड कपको यस वर्ष चौथो संस्करण हो। प्रतियोगिता धनगढीस्थित क्षेत्रीय रंगशालामा हुनेछ। प्रतियोगिता आयोजना गर्नका लागि एक करोड ५० लाख रूपैयाँ खर्च हुने जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
