काठमाडौं। वेष्टह्यामले अन्तिम समयमा हल सिटीका फरवार्ड जारोड बोवेनलाई एक करोड ८० लाख पाउण्डमा अनुबन्ध गरेको छ। यो इङ्लिस प्रिमियर लिगमा जनवरी सरूवा बजारको अन्तिम दिन भएको सबभन्दा ठूलो रकमको सम्झौता हो।
जनवरी सरूवा बजारको अन्तिम दिन प्रिमियर लिगका क्लबले यस पटक सन् २०१० पछि सबैभन्दा कम खर्च गरे। प्रिमियर लिगका क्लबले यो महीना २३ करोड पाउण्ड खर्च गरे, जुन जनवरी सरूवा बजारमा गरेको दोस्रो ठूलो रकम हो।
तर, अन्तिम दिन क्लबहरूले दुई करोड ५० लाख पाउण्ड मात्र खर्च गरे। २०१० मा क्लबहरूले एक करोड पाउण्ड मात्र खर्च गरेका थिए। २०१८ मा भने सबभन्दा धेरै १८ करोड पाउण्ड खर्च गरेका थिए।
सांघाई शेनहुआबाट म्यानचेस्टर युनाइटेडले फरवार्ड ओडिअन इगालोलाई अनुबन्ध गरेको समाचारले अन्यलाई छायाँमा पारिदियो। तर, उनी लोनमा युनाइटेड आएका हुन्।
यो सिजन क्लबहरूले (समर ट्रान्सफरसहित) एक अर्ब ६० करोड पाउण्ड खर्च गरे। डेलोइटको तथ्याङ्कअनुसार यो दोस्रो ठूलो रकम हो। २०१७/१८ मा एक अर्ब ९० करोड पाउण्ड खर्च गरेका थिए।
जनवरी सरूवा बजारको समय गयराति ११ बजे समाप्त भएको छ। स्कटल्यान्डमा त्यसको एक घण्टापछि समाप्त भएको छ। स्पेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्यान्डमा पनि ३१ जनवरीमा समय समाप्त भयो। पोर्चुगलका क्लबहरूले फेब्रुअरी २ सम्म खेलाडी अनुबन्ध गर्न पाउँछ।
जारी सिजनको अन्तिम दिन भएको अर्को ठूलो सम्झौता हो, ४५ लाख पाउण्ड। ब्राइटनले चेल्सीका १९ वर्षे रक्षक तारिक लेम्प्टेइलाई ४५ लाख पाउण्डमा अनुबन्ध गरेको हो।
अन्तिम दिन आर्सनलले साउथह्याम्पटनका राइट ब्याक सेड्रिक सोरेसलाई लोनमा भित्रायो भने एस्टन भिल्लाले स्वान्सी सिटीका स्ट्राइकर बोर्जा बास्टोनलाई अनुबन्ध गरेको छ। लेस्टर सिटीले उल्भरह्याम्पटनका रक्षक रायन बेन्नेटलाई लोनमा भित्र्यायो।
सेफिल्ड युनाइटेडले नेदरल्यान्डका फरवार्ड रिचाइरो जिभकोभिक र ग्रिसका रक्षक पानाजियोटिस रेटसोसलाई लोनमा अनुबन्ध गरेको छ। खेलाडी अनुबन्धको प्रतिबन्ध फुकुवा भए पनि चेल्सीले यस सरूवा बजारमा कुनै पनि खेलाडी भित्र्याएन। साविक विजेता म्यानचेस्टर सिटी र रेलिगेशनमा संघर्ष गरिरहेको बर्नमाउथले पनि कुनै खेलाडी अनुबन्ध गरेन।
डेलोइटमा स्पोर्ट्स बिजनेस ग्रुपका निर्देशक टीम ब्रिजका भन्छन्, “दुई वर्षअघि प्रिमियर लिगका क्लबहरूले जनवरी सरूवा बजारमा कीर्तिमानी ४३ करोड पाउण्ड खर्च गरेका थिए। तर, पछिल्लो दुई वर्ष सामान्य छ। क्लबहरू वित्तीय स्थायीत्वका लागि लोनमा सम्झौता गरेका छन्। आधा सिजनका लागि सकेसम्म थोरै खर्च गर्न रुचाएको देखिन्छ।”
इङ्ल्यान्ड मात्र नभई युरोपका अन्य शीर्ष लिगमा पनि जनवरी सरूवा बजार समाप्त भएको छ। स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले ब्रागाका फरवार्ड फ्रान्सिस्को ट्रिन्कोलाई दुई करोड ६० पाउण्डमा अनुबन्ध गरेको छ। त्यस्तै पाल्मेइरसका मिडफिल्डर म्याथ्युज फर्नान्डेस सिक्विरालाई ५८ लाख पाउण्डमा अनुबन्ध गरेको छ।
युरोपका शीर्ष पाँच लिगका क्लबहरूले गत वर्षभन्दा धेरै खर्च गरे। इटालियन सिरी ‘ए’ क्लबहरूले १८ करोड पाउण्ड खर्च गरे भने बुन्डेसलिगा क्लबहरूले १६ करोड ५० लाख पाउण्ड खर्च गरे। ला लिगा क्लबहरूले ११ करोड पाउण्ड खर्च गरे। फ्रेन्च लिग वानमा १० करोड पाउण्ड खर्च गरे।
ठूला सम्झौताहरू
प्रिमियर लिगका तीन ठूला सम्झौतामध्ये दुई अन्तिम दिन भए। म्यानचेस्टर युनाइटेडले स्पोर्टिङ लिस्बनमा ब्रुनो फर्नान्डेजलाई चार करोड ७० लाख पाउण्डमा अनुबन्ध गरेको छ। जुन बढेर ६ करोड ७७ लाखसम्म हुन सक्छ। सेफिल्ड युनाइटेडले क्लबको कीर्तिमानी रकम दुई करोड २० लाख पाउण्डमा सान्डर बर्जलाई अनुबन्ध गरेको छ।
टोटेनह्यामले रियाल बेटिसका मिडफिल्डर जियोभानी लो सेल्सोसँग दुई करोड ७२ लाख पाउण्डमा स्थायी सम्झौता गरेको छ। यसअघि उनी लोनमा थिए।
टोटेनह्यामले पिएसभी आइन्डहोभनका फरवार्ड स्टेभन बर्गविजन दुई करोड ७० लाख पाउण्डमा अुनबन्ध गरेको छ। टोटेनह्यामले मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई एक करोड ६९ लाख पाउण्डमा इन्टर मिलान पठाएको थियो।
उल्भरह्याम्पटनका ओलम्पिकोसका विंगर ड्नियल पोडेन्सलाई एक करोड ६९ लाख पाउण्डमा भित्र्यायो। लिगको शीर्ष क्लब लिभरपुलले साल्जबर्गबाट जापानी खेलाडी ताकुमी मिनामिनोलाई ७३ लाख पाउण्डमा अनुबन्ध गरेको थियो।
स्पेनिस महारथी रियाल मड्रिडले फ्लेमेन्गोलका युवा खेलाडी रेइनियर जिससलाई दुई करोड ६० लाख पाउण्डमा अनुबन्ध गरेको छ।
जर्मन बुन्डेसलिगाको क्लब बोरूसिया डर्टमण्डले साल्जबर्गका फरवार्ड इर्लिङ ब्राउट हालान्डलाई एक करोड ७० लाख पाउण्डमा भित्र्यायो। डर्टमण्डले युभेन्टसका मिडफिल्डर इमरे क्यानलाई लोनमा ल्याउन दुई करोड १० लाख पाउण्ड खर्च गरेको थियो।
रियाल मड्रिडका गारेथ बेल, पेरिस सेन्ट जर्मेन (पिएसजी) का इडिसन काभानी, आर्सनलका पिइरे इमेरिक औबमेयाङ, म्यानचेस्टर सिटीका लोरी साने सरूवा हुने चर्चा भए पनि अन्ततः उनीहरू पुरानै क्लबमा रहे।
" /> काठमाडौं। वेष्टह्यामले अन्तिम समयमा हल सिटीका फरवार्ड जारोड बोवेनलाई एक करोड ८० लाख पाउण्डमा अनुबन्ध गरेको छ। यो इङ्लिस प्रिमियर लिगमा जनवरी सरूवा बजारको अन्तिम दिन भएको सबभन्दा ठूलो रकमको सम्झौता हो।जनवरी सरूवा बजारको अन्तिम दिन प्रिमियर लिगका क्लबले यस पटक सन् २०१० पछि सबैभन्दा कम खर्च गरे। प्रिमियर लिगका क्लबले यो महीना २३ करोड पाउण्ड खर्च गरे, जुन जनवरी सरूवा बजारमा गरेको दोस्रो ठूलो रकम हो।

">