चीनमा एकैदिन २१ सय जना कोरोना भाइरसका संक्रमित थपिए, मृतकको संख्या २५९ पुग्यो
काठमाडौं। विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या २ सय ५९ पुगेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्वन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ। आयोगले विरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। उनीहरुका अनुसार अरु १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै सङ्क्रमण भएको आशंकामा परीक्षण गरिएको छ। उनीहरुको परीक्षणको नतिजा भने आइ नसकेको अधिकारीहरुले जनाएका छन्।

विरामी भएका मध्ये कुल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ ।

आयोगका अनुसार हिजो (शुक्रबार) मात्रै २१ सय २ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परीक्षण भइरहेको छ। त्यसैगरी हिजै मात्र थप ४६ जनाको मृत्यु भएको छ, ती मध्ये ४५ जनाको हुवेइ प्रान्तमा र एक जनाको चोङक्वीङ नगरपालिकामा मृत्यु भएको हो ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार २ सय ६८ जना गम्भीर विरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन्।

चीनकोे मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ।

भाइरसको प्रकोप फैलिदै गएपछि विश्वस्वास्थ्य संगठनले आपतकालीन अवस्थाको घोषणा गरेको छ भने, विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतलाई कडाई गरेका छन्। संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्