सुमीको ‘भावका तरङ्ग’ बजारमा
काठमाडौं। कवि सुमी लोहनीको पहिलो कथासङ्ग्रह ‘भावका तरङ्ग’ बजारमा आएको छ।

कथाकारले पुस्तकमा महिला र पुरुषको सन्दर्भलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको साहित्यकारहरुले बताएका छन्।

१३ असोजमा काठमाडौंको एक कार्यक्रममा कथासङग्रहबारे समालोचना गर्दै स्रष्टा हेम भण्डारीले प्रतिरोध चेतनाको नमूना ‘भावका तरङ्ग’ मा देखिने बताए।

स्रष्टा शैलेन्द्र प्रकाशले पुस्तक जीवन्त र सन्देशमूलक रहेको भन्दै प्रशंसा व्यक्त गरे।

पाँच हाइकु र कवितासङ्ग्रह तथा तीन कृतिको अनुवाद गरिसकेकि लोहनीको मरुद्यानका फूलहरु, अनुपमा, री, झिँगापुरको महायात्रालगायत कृति प्रकाशित भइसकेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्