मोटरसाइकल दुर्घटनामा युवकको मृत्युपछि राजमार्ग अबरुद्व

कैलाली। पुर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका-६ मा मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मध्यरातमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

तर स्थानीयले भने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको दाबी गरेका छन्। गुलरा सडक खण्डमा चौधरी सवार मोटरसाईकललाई गाडीले ठक्कर दिएको स्थानीयले बताएका छन्।

मृतकका आफन्त र स्थानीयले घटनाको विश्वसनीय जाँचपड्ताल गर्न माग गरेका छन्। उनीहरुले रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अबरुद्व पारेका छन्।

चुहामा ब्यापार गर्दै आएका चौधरी गुलरा सड्कखण्डमा दुर्घटना भएको अवस्थामा मृत भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्