काठमाडौं। काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।
नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार्ने, सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिइन्।
नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको छ। चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ।
पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ। कापमासँग सार्वजनिक निजी साझेदारीमा हुने कामका लागि छुट्टै ऐन छ। त्यस ऐनमा व्यावसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका विषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गीको भनाइ छ।
सार्वजनिक शौचालय निर्माणका लागि कामपाले पाँच वर्षदेखिनै विषय उठान गरेको भए पनि कामले गति लिएको छैन। निर्माणको लागि शहरी योजना आयोगसहित विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनअनुसार मानिसको संख्याको आधारमा सार्वजनिक शौचालय अत्यन्तै कम रहेकाले निर्माणको काम शुरु गर्नुपर्ने छ।
शौचालय सञ्चालनका लागि कामपासँग जग्गा कम भए पनि विभिन्न सरकारी तथा संस्थानका जग्गा लिज वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गर्न पहल गरिहाल्नुपर्ने अध्ययनले देखाएको छ। हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन्। सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तीनमा पनि सरसफाइको अभाव छ।
अध्ययनअनुसार आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालय निर्माण गर्न सकिने छ। निर्माणका लागि छ वटा नमूना तयार भएको छ। सबै नमूनाको अध्ययन गरी कम लागतमा निर्माण हुने र टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीले बताइन्।
अध्ययनअनुसार टेकु, सानेपा पुलसँगै, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजू, माछापोखरी, गोङ्गबु, प्रहरीचौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तिनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे र पेट्रोलपम्पमा, बल्खु तथा कुलेश्वरलगायत स्थानमा सार्वजनिक शौचालय निर्माणको आवश्यकता औंल्याइएको छ। रासस