आक्रमणमा परेका नेकपा कार्यकर्ता गम्भीर, धनगढीमा उपचार नभएपछि काठमाडौं लगियो <p>कैलाली। आज दिउँसो डडेल्धुरामा आक्रमणमा परेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।</p> <p>डडेल्धुरामा उपचार सम्भव नभएपछ उनलाई धनगढी ल्याइएको थियो। धनगढीमा पनि&nbsp; उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो।</p> <p>नेकपा डडेल्धुराका सचिव विरेन्द्र कुमार बस्नेतका अनुसार आज दिउँसो आलिताल गाउँपालिका वडा नम्बर ३ को वडा बैठकमा सहभागी हुन जाने क्रममा जोशीलाई अनुहार छोपेका व्यक्तिहरुले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए।</p> <p>नेकपा डडेल्धुराले आक्रमणमा संलग्नहरुलाई यथाशीघ्र खोजी गरेर कारबाही गर्न विज्ञप्तिमार्फत् माग गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्