पहिलोपटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ हुँदै
काठमाडौं। आगामी असोज २१ देखि २४ गतेसम्म नेपालमै पहिलोपटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना हुने भएको छ। उपत्यका नगरपालिका फोरमले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो।
कार्यक्रममा महानगरका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले ‘डब्लुडब्लुडब्लु डट आइएमसी–२०२० डट ओआरजी डट एनपी’ वेबसाइट पनि सार्वजनिक गरेका थिए। साइटमा सम्मेलनका सूचना तथा जानकारीसँगै काठमाडौँ उपत्यकाका १८ वटै नगरका विवरण राखिनेछन्।
कार्यक्रममा प्रमुख शाक्यले कार्यक्रममा विश्वका विभिन्न देशका नगरप्रमुख, नीतिनिर्माता र योजनाविद्का बीचमा शहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धि र अनुभवको आदानप्रदान बताए। शहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा समान धारणा बनाउने सम्मेलनको अर्को लक्ष्य रहेको पनि प्रमुख शाक्यले जानकारी गराए।
भक्तपुर मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले शहरहरूका बीचमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन द्विपक्षीय र बहुपक्षीय संवादको शुरुआत हुने बताए।
साथै उनले समुदायको सशक्तिकरण तथा सुशासनका माध्यमबाट विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव, आपसी सम्मान र विश्वास बढ्ने पनि धारणा राखे।
सम्मेलनमा मेयर र विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनाका साथै पाहुनालाई उपत्यकामा भएका विश्व सम्पदा र अन्य चाखलाग्दा क्षेत्रको भ्रमण अवलोकन गराइनेछ। यसरी हुने भ्रमण अवलोकनबाट नेपाल र नेपालीको खास तथा सद्भावका बारेमा अन्तर्राष्ट्रिय नगर र त्यहाँका नागरिकमा सूचना प्रवाहमा सहयोग पुग्ने विश्वास प्रमुख श्रेष्ठको छ।
सम्मेलनमा काठमाडौं उपत्यकाभित्रका नगरसँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, सार्क तथा दक्षिण र दक्षिण पूर्वी एशियाका राजधानीलगायत प्रमुख शहर, युनेस्को तथा विश्व सम्पदा शहरहरूको सङ्गठनमा आबद्ध सम्पदा शहरका नगरप्रमुखलाई आमन्त्रण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्