स्कुल भ्यानको ठक्करले १८ महिने बालिकाको मृत्यु
<p>तुलसीपुर। दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ। </p>
<p>गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p>
<p>प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करीब ४ बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो। चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ। <em>रासस </em><br />
</p>
प्रतिक्रिया दिनुहोस्
