काठमाडौं। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवौं चरणका खेल सम्पन्न हुँदा त्रिभुवन आर्मी क्लब शीर्ष स्थनामा छ। शीर्ष स्थानमा रहे पनि विभागीय टोलीलाई स्पष्ट अग्रता भने मिलेको छैन। गत सिजन लिगको पुछारमा रहेको मच्छिन्द्र र साविक विजेता मनाङ मर्स्याङ्दीले आर्मीलाई पछ्याइरहेका छन्।
उपाधि होडमा थ्री स्टार र न्युरोड टीम (एनआरटी)को सम्भावनालाई पनि नकार्न मिल्दैन। अझ गणितीय हिसाबले त जावलाखेल युथ, संकटा र फ्रेण्ड्स क्लबको झिनो सम्भावना पनि जीवितै छ।
लिगमा अब प्रत्येक क्लबले चार–चार खेल खेल्न बाँकी छ।
शीर्षस्थानमा रहेको त्रिभुवन आर्मीको २० अंक छ भने मनाङ र मच्छिन्द्रको समान १९ अंक छ। लिगमा अझैं प्रत्येक टीमले १२ अंकका लागि खेल्ने खेल बाँकी छन्। त्यसकारण समान १४ अंक रहेका थ्री स्टार र एनआरटीले उपाधिको आश पूर्णरूपमा त्यगिसकेका छनन्।
मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले लिगमा अबका हरेक खेल महत्वपूर्ण भएको बताए। उनले थपे, “धेरै खर्च गरेका क्लबहरूलााई पनि हामीले दह्रो चुनौती दिएका छौं। बाँकी यात्रा सहज नभएपनि अन्तिमतिर सबै क्लबले आ–आफ्नो पोजिसनका लागि खेलिरहेका हुन्छन्। हाम्रा बाँकी प्रतिद्वन्द्वी सहज छैनन्, तर उपाधि रक्षाका लागि एक-एक खेल महत्वपूर्ण छन्।”
गत सिजन अन्तिम एक खेल हारेर लिग जितेको मनाङले अब एनआरटी, नेपाल पुलिस, जावलाखेल र च्यासल युथ क्लबसँग खेल्न बाँकी छ। शीर्ष स्थानको त्रिभुवन आर्मीले मच्छिन्द्र, नेपाल पुलिस, एपीएफ र ब्रिगेड ब्वाईज क्लबसँग खेल्न बाँकी छ। मच्छिन्द्रले भने संकटा, एपीएफ सरस्वती युथ र त्रिभुवन आर्मी क्लबसँग खेल्न बाँकी छ।
थ्री स्टारले सरस्वती युथ, एनआरटी, च्यासल युथ र संकटा क्लबसँग खेल्न बाँकी छ। त्यस्तै एनआरटीले फ्रेण्ड्स, थ्री स्टार, मनाङ र हिमालयन शेर्पाविरुद्ध खेल्नुपर्ने छ।

उपाधि होडमा रहेका तीन क्लबकै लागि बाँकी खेल सहज छैनन्। एउटा खेलको नतिजाले पनि लिग तालिकामा ब्यापक परिवर्तन हुनसक्छ। त्रिभुवन आर्मी र मच्छिन्द्रबीचको खेलले उपाधिको होडलाई केही हदसम्म स्पष्ट पार्ने छ। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवाल पनि त्यही भन्छन्।
“तीनै टीमको सम्भावना उत्तिकै छ। बाँकी तीन खेलको टाइसिट आएको छैन। त्यसले पनि धेरै फरक पार्छ। अन्तिम खेलसम्म कुर्नुपर्ने देखिन्छ”, कटवालले भने, “हाम्रो र त्रिभुवन आर्मीको खेल पनि बाँकी छ। उक्त खेलले पनि धेरै फरक पार्छ। हामी शुरूबाटै च्याम्पियन बन्छौं भनेर आएका हौं। अब बाँकी चारै खेल जित्यौं भने हामी च्याम्पियन हुन्छौं। तर, मनाङ पनि छ। गोलअन्तरले पनि फरक पार्न सक्छ। त्यसकारण अबका प्रत्येक खेल भाइटल छन्।”
रेलिगेसन क्षेत्र पनि रोचक
पछिल्लो खेलमा सरस्वती युथ क्लबले अप्रत्यासित नतिजा निकालेपछि रेलिगेसन क्षेत्र पनि रोमाञ्चक बनेको छ। लिगमा पहिलो जित निकाल्ने क्रममा सरस्वतीले हिमालयन शेर्पामाथि ४–३ को नतिजा निकालेको हो। यो लिगमा सबभन्दा धेरै गोल भएको खेल पनि थियो। त्यसअघि संकटाले एपीएफलाई ४–२ ले हराउँदा ६ गोल भएको थियो।
त्यसअघि आठ चरणका खेलसम्म एक खेल बराबरी र बाँकी सबै खेल हारेको सरस्वतीले दुई गोलमात्र गरेको थियो। आठ खेलमा दुई गोलमात्र गरेको सरस्वतीले एकै खेलमा चार गोल गर्दा धेरै आश्चर्यमा परे। हिमालयन शेर्पा त्यही क्लब हो, जसले थ्री स्टारविरुद्ध खेल्नुअघि मच्छिन्द्रलाई २–० ले हराएको थियो भने साविक विजेता मनाङलाई गोलरहित बराबरीमा रोकेको थियो। थ्री स्टारसँग भने ३–१ ले पराजित भएको थियो।
लिगमा पहिलो जितसँगै सरस्वती युथको चार अंक भएको छ। सरस्वतीभन्दा एक स्थान माथि रहेको एपीएफको पाँच अंक छ। हिमालयन शेर्पाको सात अंक छ भने ब्रिगेड ब्वाइजको आठ अंक छ। एउटा टीममात्र रेलिगेसनमा पर्ने भएकाले लिग जति रोमाञ्चक हुनुपर्ने हो त्यति भएको छैन। तर, सरस्वतीको जितसँगै पुछारका टीमहरूको अंक अन्तर धेरै नभएकाले रेलिगेसन क्षेत्र पनि रोचक बनेको हो।
brigade boys.jpg)
अन्तिम तीन खेलको तालिकाले अन्योल
लिगमा अब चार चरणका खेल मात्र बाँकी छन्। तर, अहिलेसम्म अन्तिम तीन चरणका खेलतालिका नै सार्वजनिक गरिएको छैन। लिग कमिटीको बागडोर सम्हालेका विज्ञानराज शर्माले यस्तो विषय प्राविधिक व्यक्ति (लिग निर्देशक) संजिव मिश्र वा एन्फा प्रवक्ता किरण राईलाई सोध्न आग्रह गरे। उनले थपे, “टाइसिट बन्दै होला नि !”
एन्फा प्रवक्ता किरण राईले भने खेल तालिका सार्वजनिक गर्न गृहकार्य भइरहेको बताए। उनले भने, “अब आउँछ। होमवर्क हुँदैछ। चाँडै तयार हुन्छ।”
मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले पनि अन्तिम तीन खेलको टाइसिट समयमा नआउँदा नतिजामा फरक पर्न सक्ने चिन्ता व्यक्त गरे।
“अन्तिममा सबै टीम आ–आफ्नो पोजिसनका लागि लडिरहेका हुन्छन्। कुन टीमसँग कतिबेला खेल्ने भन्ने थाहा छैन”, प्रजापतिले भने, “कति दिनको अन्तर हुन्छ भन्ने पनि थाहा छैन। त्यसले पनि नतिजामा त असर गर्छ।”
मछिन्द्र र एनआरटीलाई मर्का !
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सिजन रेलिगेसनको प्रावधान हटाएर पुछारमा रहने दुई टीमको अर्को सिजनमा क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। त्यही अनुसार जारी सिजनको शुरूमै एनआरटीको दुई तथा मच्छिन्द्रको एक अंक घटाइएको छ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले गत सिजन रेलिगेसनको प्रावधान हटाएर पुछारमा रहने दुई टोलीको अंक घटाउने निर्णय गर्दा नयाँ सिजनमा ‘डबल लिग’ खेलाउने र दुई टीमलाई रेलिगेसन क्षेत्रमा पार्ने भनेर सहमति भएको बताएका छन्। तर, उक्त निर्णयअनुसार डबल लिग र दुई टीम रेलिगेसनमा पर्ने दुबै काम नहुँदा प्रशिक्षक शाक्यले निराशा पोखे।
“त्यो निर्णय गर्दा डबल लिग गर्ने र दुई टीम झार्ने निर्णय भएको थियो। तर, अहिले त्यो भएन। ती सबै नभएपछि हाम्रो अंक पनि घटाउन नहुने हो। यस विषयमा क्लबले बोल्नुपर्ने थियो। तर बोलेनन्”, अंक घटाइएकोबारे शाक्यले भने, “ क्लबहरू चाहिने कुरामा बोल्दै बोल्दैनन्। यसले हामीलाई धेरै घाटा लागेको छ।”

एनआरटी गत सिजन लिगको पुछारमा थियो। मच्छिन्द्र क्लब भने पुछारबाट दोस्रो स्थानमा थियो। मच्छिन्द्रका प्रशिक्षक कटवालले पनि अंक घटाउँदा उपाधि होडमा असर परेको बताए।
“गत सिजन दुई टीमको अंक घटाएपछि यसपटक पनि दुई टीम नै रेलिगेसनमा हुनुपर्ने हो। तर, एक टीममात्र रेलिगेसनमा पर्ने प्रावधान छ”, कटवालले भने, “क्लबहरूले लिगको नियमावली बनाउँदा नै यस विषयमा बोल्नु पर्ने हो। एक अंक कति महत्वपूर्ण हुन्छ भन्ने कुरा अहिले महशुस भएको छ। यहाँ एक गोलकै ठूलो महत्व भइरहेको अवस्थामा एक अंकको महत्व नहुने कुरै भएन।”
" /> काठमाडौं। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवौं चरणका खेल सम्पन्न हुँदा त्रिभुवन आर्मी क्लब शीर्ष स्थनामा छ। शीर्ष स्थानमा रहे पनि विभागीय टोलीलाई स्पष्ट अग्रता भने मिलेको छैन। गत सिजन लिगको पुछारमा रहेको मच्छिन्द्र र साविक विजेता मनाङ मर्स्याङ्दीले आर्मीलाई पछ्याइरहेका छन्।उपाधि होडमा थ्री स्टार र न्युरोड टीम (एनआरटी)को सम्भावनालाई पनि नकार्न मिल्दैन। अझ गणितीय हिसाबले त जावलाखेल युथ, संकटा र फ्रेण्ड्स क्लबको झिनो सम्भावना पनि जीवितै छ।

">