काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष ट्वान्टी–२० कप क्रिकेट छनोट प्रतियोगिताका लागि १८ सदस्सीय टीमको घोषणा गरेको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, करण केसी, अभिनाष बोहरा, कुशल मल्ल, पवन सर्राफ, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमलसिंह ऐरी र रोहितकुमार पौडेल रहेका छन्।
थाइल्याण्डमा फेब्रुअरी २९ बाट हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। मार्च ६ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपाल रहेको समूह ‘ए’ मा आयोजक थाइल्याण्ड, मलेसिया र म्यानमार छन्। समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन्। शीर्ष दुई टीमले सेमिफाइनलमा स्थान बनाउनेछ।
फाइनल खेल्ने दुई टोलीले एशिया कप क्वालिफायर खेल्नेछ। एशिया कप क्वालिफायरमा वेस्टर्न रिजनबाट दुई टीम आउनेछ। चार टीम सहभागी हुने प्रतियोगिताको विजेताले पाकिस्तानले आयोजना गर्ने एसीसी एशिया कप–२०२० मा स्थान बनाउने छ।